३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जी–७ बाट चाँडै बाहिर निस्कनु इजरायल–इरान युद्धविरामसँग ‘कुनै सम्बन्ध छैन’– ट्रम्प



Canada’s Prime Minister Mark Carney, from left, U.S. President Donald Trump and Britain’s Prime Minister Keir Starmer attend a family photo session during the G7 Summit, in Kananaskis, Alberta, Monday, June 16, 2025. (Suzanne Plunkett/Pool Photo via AP)
अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडामा भएको जी–७ शिखर सम्मेलनबाट आफ्नो चाँडै प्रस्थानको इजरायल र इरानबीचको सम्भावित युद्धविरामसँग ‘कुनै सम्बन्ध नभएको’ भन्दै फ्रान्सका राष्ट्रपतिले अन्यथा सुझाव दिनु ‘गलत’ भएको बताउनुभएको छ ।

“प्रचार खोज्न फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इजरायल र इरानबीचको ‘युद्धविराम’ मा काम गर्न म क्यानाडामा भएको जी–७ शिखर सम्मेलनबाट वासिङ्टन डिसीमा फर्किन गएको कुरा गलत रूपमा भन्नुभयो”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ, “गलत१ उहाँलाई थाहा छैन किन म अहिले वासिङ्टन जाँदैछु, तर यसको निश्चित रूपमा युद्धविरामसँग कुनै सम्बन्ध छैन । त्योभन्दा धेरै ठूलो कुरा हो । जानाजानी होस् वा होइन, इमानुएलले सधैँ यसलाई गलत ठान्नुहुन्छ । प्रतीक्षा गर्नुहोस् १”

म्याक्रोनले संयुक्त राज्य अमेरिका इरानसँग कूटनीतिक सम्झौता गर्न तयार रहेको सुझाव दिनुभएको थियो ।

“बैठक र छलफलको प्रस्ताव आएको थियो”, म्याक्रोनले जी–७ शिखर सम्मेलनको साइडलाइनमा पत्रकारहरूलाई भन्नुभयो, “यदि संयुक्त राज्य अमेरिकाले युद्धविराम ल्याउन सक्छ भने, यो धेरै राम्रो कुरा हो ।”

अमेरिकी सहयोगी इजरायल र इरानले लगातार पाँचौँ दिन गोलाबारी गरेपछि ट्रम्प जी–७ सम्मेलनबाट एक दिनअघि नै प्रस्थान गर्नुभएको थियो ।

औद्योगिक प्रजातन्त्रका नेताहरूले सोमबार इजरायल–इरान द्वन्द्वबाट सुरु गरेर मध्यपूर्वमा ‘तनाव कम गर्न’ आह्वान गर्दै इजरायललाई ‘आफ्नो रक्षा गर्ने अधिकार छ’ र दुवै पक्षका नागरिकहरूको सुरक्षा गर्न आवश्यक छ भनी जोड दिएका छन् ।

आफ्नो प्रस्थानअघि सहयोगी जी–७ नेताहरूसँगको समूह फोटोमा ट्रम्पले भन्नुभयो, “म सकेसम्म चाँडो फर्कनुपर्छ । मेरो इच्छा छ कि म भोलिसम्म रहन सक्थेँ, तर उनीहरूले बुझ्छन्, यो ठूलो कुरा हो ।”