३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा जनसरकार प्रमुखसहित ६ जना पक्राउ



अ+ अ-

धनगढी । नेकपा नेत्रविक्रम चन्द विप्लव समुहका ६ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ धनगढी उपमहानगरपालिका– १२, जुगेडा क्षेत्रमा बैठक बसेका बेला उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उक्त पार्टीका कैलाली जिल्ला जनसरकार प्रमुख दलबहादुर बिक, धनगढी नगर इन्चार्ज प्रकाश रावल, सदस्यहरु डम्बर सुनार, लक्की शाह, विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंह र जिल्ला अध्यक्ष सुभाष जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरु शंकास्पद गतिविधिमा संलग्न रहेको र केहीलाई पुरानो मुद्दाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।