२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाह्नवी र अनन्याका फिल्म ओटीटीमा रिलिज हुँदै



अ+ अ-

मुम्बई । कोरोना भाइरसका कारण बलिउड सुस्ताएको छ । केही महिनादेखि फिल्म हल बन्द छन् । भारतमा लकडाउन जारी छ ।फिल्म हल बन्द भएका कारण यतिबेला कैयन् फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भइरहेका छन् ।  

भारतीय मिडियाका अनुसार चर्चामा रहेको जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ र अनन्या पाण्डेको फिल्म ‘खाली पीली’ पनि अब सीधै ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ ।

जी च्यानलले यी दुई फिल्मलाई किन्न चाहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।जाह्नवीको अभिनय रहेको फिल्म ‘गुञ्जन सक्सेना’ को काम सकिएको छ । अनन्या पाण्डे र इसान खट्टरको फिल्म ‘खाली पीली’ को केही काम बाँकी छ ।

दुवै फिल्मलाई राम्रो विषयवस्तु भएका फिल्म मानिएको छ । जाह्नवीको फिल्म ‘गुञ्जन सक्सेना’ नेटफिल्क्सले पनि किन्न सक्ने सम्भावना छ ।

बलिउडमा कैयन् फिल्म रिलिज हुन नपाएर रिलिजको पर्खाइमा छन् । कोरोना महामारीपछिको सामान्य हुन अझै समय लाग्ने देखिएको छ । जसकारण निर्माताले आफ्ना फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गरिरहेका छन् ।