३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

टोलटोलमा पुगेर स्वास्थ्य सेवा

टोलटोलमा पुगेर स्वास्थ्य सेवा
अ+ अ-

गण्डकी । कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त र असहाय नागरिकका लागि नसर्ने रोगको नि:शुल्क स्क्रिनिङ तथा परामर्श सेवा सुरु गरेको छ ।

महानगरको स्वास्थ्य महाशाखाको आयोजना र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको समन्वयमा पोखरा–८ सिमलचौरबाट सुरु भएको उक्त कार्यक्रम अन्य वडा तथा टोलमा पनि सञ्चालन हुने जनाइएको छ ।

केन्द्रका प्रमुख कुश्मराज सुवेदीले ज्येष्ठ तथा अशक्त नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त घुम्ती अभियान सुरु गरिएको बताउनुभयो । नसर्ने रोगको स्क्रिनिङसँगै महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना तथा स्वास्थ्य जाँच, मनोरोग, सरुवा रोग तथा अन्य दीर्घरोगसम्बन्धी जानकारी दिने गरिएको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार यही असार ७ गतेसम्म वडाका १७ वटा टोलमा घुम्ती शिविर सञ्चालन हुनेछ ।

वडा नं ८ मा आइतबार र सोमबार सञ्चालित शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका छन् । “ज्येष्ठ र अशक्त नागरिकलाई टोलटोलमा पुगेर स्वास्थ्य जाँच, उपचार र परामर्श प्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको हो”, प्रमुख सुवेदीले भन्नुभयो, “विशेषगरी नसर्ने रोगबाट प्रभावित नागरिकलाई जाँचसँगै औषधि नियमित सेवन गरे/नगरेका अनुगमन गर्छौँ, सरकारले सूचीकृत गरेका औषधि नि:शुल्क वितरण गर्छौँ ।”

उहाँले समुदायस्तरमा स्वास्थ्य सचेतना र प्रवर्द्धनका कार्यक्रम पनि सँगसँगै गरिरहेको गरिएको बताउनुभयो । स्वास्थ्य जाँचका क्रममा अस्पताल जानुपर्ने अवस्थाका बिरामी पहिचान भएमा सोहीअनुसारको सल्लाह र परामर्श दिने गरिएको छ ।

वडा नं ८ सहित महानगरका अन्य वडामा पनि ज्येष्ठ तथा अशक्त नागरिकका लागि नसर्ने रोगको स्क्रिनिङ तथा परामर्श सेवा प्रदान गर्ने योजना रहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीको स्वास्थ्यप्रति महानगरका प्रतिबद्ध रहेको जनाउँदै सबै वडा र टोलमा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिने बजानकारी दिनुभयो । महानगरले गत वर्ष वडा नं २५ हेम्जामा ‘नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरी घरघरमा ज्येष्ठ, अशक्त र असहाय नागरिकलाई नि:शुल्क स्वास्थ्य जाँच, परामर्श तथा उपचार सेवा प्रदान गरेको थियो ।