२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमा प्रश्तावित राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री पौडेल



Photo: RSS
अ+ अ-

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा राजश्व वृद्धिको लक्ष्य पूरा हुने आत्मविश्वास रहेको बताउनुभएको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले राजश्वको अनुमान गर्दा चालु आर्थिक वर्षको तुलनामा ४१ प्रतिशतसम्म राजस्व वृद्धि हुन्छ भन्ने अनुमान गरेर बजेट निर्माण गरेको विगतको अनुभव रहेको स्मरण गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको सन्दर्भमा ३१ प्रतिशतले राजश्व वृद्धि हुने विश्वासका साथ प्रश्तुत गरेको समेत स्मरण गर्नुभयो । उहाँले विगतको पृष्ठभूमि र अनुभवका आधारमा आगामी आर्थिक वर्षको बजेटमा राजश्वको सम्बन्धमा प्रश्ताव गर्दा चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा १७ प्रतिशत मात्रै राजस्व वृद्धिको लक्ष्य राखिएको बताउनु भयो । उहाँले १७ प्रतिशतको राजश्व वृद्धिको लक्ष्य हुने विश्वास रहेको दोहो¥याउनु भयो ।

उहाँले भन्नुभयो, “राजश्वको अनुमान गर्दा चालु आर्थिक वर्षको तुलनामा ४१ प्रतिशतसम्म राजश्व वृद्धि हुन्छ भन्ने अनुमान गरेर बजेट निर्माण गरेको विगतको अनुभव छ । चालु आर्थिक वर्षको कुरा गर्दा हामीले ३१ प्रतिशतको वृद्धि हुन्छ भनेर बजेट प्रश्तुत ग¥यौं । यस पृष्ठभूमिमा मैले बजेटमा राजश्वको सम्बन्धमा प्रश्ताव गर्दा चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा १७ प्रतिशत मात्रै राजश्व वृद्धिको लक्ष्य राखेको छु । १७ प्रतिशतको राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छ, पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वासको साथमा मैले प्रश्ताव गरेको छु ।”  

उहाँले आगामी आर्थिक वर्षको लागि प्रश्तुत गरिएको बजेटमा स्रोतको प्रश्ताव यथार्थपरक र कार्यान्वयन हुने प्रकृतिको हुनुपर्छ भन्नेमा आफू होसियार भएको बताउनु भयो । उहाँले लामो समयदेखि बजेट यथार्थपरक नरहेको, कार्यान्वयन हुन नसकेको र बजेटप्रतिको विश्वसनीयता कमजोर भएको भन्ने आलोचनाहरू सुन्दै आएको बताउनु भयो । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटमा स्रोतको प्रस्ताव गर्दा उक्त प्रश्ताव यथार्थपरक हुनुपर्छ भन्ने कुरामा आफू धेरै होसियार भएको जिकिर गर्नुभयो । उहाँले राजश्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग र आन्तरिक ऋणको पक्ष आफू संवेदनशील रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षको लागि प्रश्तुत गरिएको बजेटमा अर्थमन्त्री सबैभन्दा बढी के कुरामा होशियार भएको हो भने, यो प्रश्तावित विनियोजन मात्रै होइन, स्रोतको प्रश्ताव पनि यथार्थपरक हुनुपर्छ, कार्यान्वयन हुनुपर्ने प्रकृतिको हुनुपर्छ । किनभने, लामो समयदेखि बजेट यथार्थपरक नरहेको, कार्यान्वयन हुन नसकेको र बजेटप्रतिको विश्वसनीयता कमजोर भएको भन्ने प्रकृतिको आलोचनाहरू सुन्दै आएका छौँ । बजेटले स्रोतको प्रस्ताव गर्दा त्यो स्रोतको प्रस्ताव यथार्थपरक हुनुपर्छ भन्ने कुरामा म धेरै होसियार छु । स्रोतको सन्दर्भमा कुरा गर्दा ३ वटा पक्ष ः राजस्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग र आन्तरिक ऋणको पक्ष ।” 

उहाँले विगतमा राजश्वको लक्ष्य पूरा भएर राजश्वसँग संवद्ध कर्मचारीहरूलाई अर्थ मन्त्रालयमा बोलाएर गरेर चकलेट बाँडेको अनुभव रहेको समेत सुनाउनु भयो ।




भर्खरै