३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार



अ+ अ-

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद जबरजस्त चलाउनु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको बताउनुभएको छ ।

सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । भिजिट भिसाको विषय छानविन हुनुपर्छ भनेर आन्दोलन गर्दा जबरजस्ती संसद सुचारु गर्नु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको बताउनु भयो । उहाँले यसले कतै न कतै राजनीतिक दलहरुलाई भविष्यमा प्रश्न तेर्साउने जिकिर गर्नुभयो । सदन चलाउने वातावरण बनाउने काम सरकारको भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो हाम्रो आन्दोलनको एउटा स्वरुप हो । संसदको चौथो ठूलो राजनीतिक दलले  अवरोध गरिरहँदा संसद यसरी सुचारु हुनु र संसद जबरजस्त चलाउनु भनेको हाम्रो संसदीय व्यवस्थामै एउटा धब्बा हो । यो नहुनुपर्ने अभ्यास भइरहेको छ । यसले कहीँ न कहीँ गएर राजनीतिक पार्टीहरुलाई भविष्यमा प्रश्न गर्नेछ । सदन चलाउने वातावरण बनाउने कुरा सरकारको हो । सरकारको काम कारबाही अघि बढिरहेको छ । तर सदनमा रास्वपा र राप्रपा पनि आफ्नो मुद्दामा आन्दोलनमा छ ।’

प्रमुख सचेतक परियारले सदन जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाउनु भयो ।