२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा थप १ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । आज काठमाडौं उपत्यकामा थप १ जनामा कोरोना पोजिटिभ देखिएको छ । 

पाटन अस्पतालमा गरिएको परीक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएपनि उनको ठेगानाबारे भने गराएन ।  

आज देशभरमा ४ सय ६३ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न २२ प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप ४६३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सङ्क्रमितको कुल संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

त्यस्तै, आज १ सय ७९ व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार १३ पुगेको छ । जसमा २ हजार ७ सय ५० पुरुष र २ सय ५५ महिला रहेका छन् ।