२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी, एमालेको कामले कार्यकर्ताले शीर निहुराएः अग्नि सापकोटा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले देश बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहालको विकल्प नरहेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बनाउनका लागि आफूहरुले अध्यक्ष दाहालको विकल्प नरहेको कुरा पहिला नै बुझेको तर अहिले आएर जनताले पनि बुझेको बताउनु भयो ।

उहाँले माओवादीको देश दौडाहाका क्रममा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु बाहेक अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि स्वागत गर्ने, ज्ञापन पत्र दिने काम गरेको बताउनु भयो । उहाँले अहिले जनता काँग्रेस र एमालेबाट अघाएको बताउँदै माओवादीलाई बाटो खालि भएको जिकिर गर्नुभयो । उहाँले काँग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी भएको आरोप समेत लगाउनु भयो । उहाँले एमालेको कामले आफ्नै कार्यकर्ताहरु पनि शीर निहुराएर लज्जावोध गर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले काँग्रेसलाई पनि नजर भरी भरी हेरिरहेका छन् । एमालेलाई पनि हेरिरहेका छन् । अझ काँग्रेस त त्यस्तै पार्टी हो । हामीले जानेकै पार्टी हो । त्यो प्रजातान्त्रिक सामन्तहरुको पार्टीमा मान्छेलाई धेरै आशा थिएन । तर एमालेका कार्यकर्ताहरुको हामी जहाँ जहाँ पुग्याँै त्यहीँ त्यहीँ शीर निहुरिएको छ । उनीहरु असाध्यै लाजस्पद छन् । एक प्रकारले हामीलाई मैदान खालि थियो । सबैले हाम्रो पार्टीबाट निर्वाचित भएकाले त स्वागत, सम्मान, अभिनन्दन, मागपत्र पेश गर्ने वा ज्ञापनपत्र पेश गर्ने कुरा भयो भयो । काँग्रेस, एमालेबाट निर्वाचित भएकाहरुले पनि बाटोमा जुनजुन पालिकाहरु परे तिनीहरुले हामीलाई भित्रि हृदयदेखि नै भविष्यको नेतृत्व माओवादीले गर्नुपर्छ, त्यसमा पनि पार्टी अध्यक्ष कमरेड प्रचण्डको विकल्प छैन भन्नेकुरा हामीले त बुझेको कुरा हो । जनताले पनि त्यो बुझे ।’

उपाध्यक्ष सापकोटाले शहीद परिवारबाट तर्केर हिँड्ने कुराको अन्त्य हुनुपर्ने बताउनु भयो ।