११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

काँग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी, एमालेको कामले कार्यकर्ताले शीर निहुराएः अग्नि सापकोटा

काँग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी, एमालेको कामले कार्यकर्ताले शीर निहुराएः अग्नि सापकोटा
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले देश बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहालको विकल्प नरहेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बनाउनका लागि आफूहरुले अध्यक्ष दाहालको विकल्प नरहेको कुरा पहिला नै बुझेको तर अहिले आएर जनताले पनि बुझेको बताउनु भयो ।

उहाँले माओवादीको देश दौडाहाका क्रममा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु बाहेक अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि स्वागत गर्ने, ज्ञापन पत्र दिने काम गरेको बताउनु भयो । उहाँले अहिले जनता काँग्रेस र एमालेबाट अघाएको बताउँदै माओवादीलाई बाटो खालि भएको जिकिर गर्नुभयो । उहाँले काँग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी भएको आरोप समेत लगाउनु भयो । उहाँले एमालेको कामले आफ्नै कार्यकर्ताहरु पनि शीर निहुराएर लज्जावोध गर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले काँग्रेसलाई पनि नजर भरी भरी हेरिरहेका छन् । एमालेलाई पनि हेरिरहेका छन् । अझ काँग्रेस त त्यस्तै पार्टी हो । हामीले जानेकै पार्टी हो । त्यो प्रजातान्त्रिक सामन्तहरुको पार्टीमा मान्छेलाई धेरै आशा थिएन । तर एमालेका कार्यकर्ताहरुको हामी जहाँ जहाँ पुग्याँै त्यहीँ त्यहीँ शीर निहुरिएको छ । उनीहरु असाध्यै लाजस्पद छन् । एक प्रकारले हामीलाई मैदान खालि थियो । सबैले हाम्रो पार्टीबाट निर्वाचित भएकाले त स्वागत, सम्मान, अभिनन्दन, मागपत्र पेश गर्ने वा ज्ञापनपत्र पेश गर्ने कुरा भयो भयो । काँग्रेस, एमालेबाट निर्वाचित भएकाहरुले पनि बाटोमा जुनजुन पालिकाहरु परे तिनीहरुले हामीलाई भित्रि हृदयदेखि नै भविष्यको नेतृत्व माओवादीले गर्नुपर्छ, त्यसमा पनि पार्टी अध्यक्ष कमरेड प्रचण्डको विकल्प छैन भन्नेकुरा हामीले त बुझेको कुरा हो । जनताले पनि त्यो बुझे ।’

उपाध्यक्ष सापकोटाले शहीद परिवारबाट तर्केर हिँड्ने कुराको अन्त्य हुनुपर्ने बताउनु भयो ।