२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले घरगोठ बगायो



(सांकेतिक तस्बिर)
अ+ अ-

गुल्मी । गुल्मीमा पहिराले घरगोठ बगाउँदा रु २५ लाख बराबरको क्षति भएको छ । गएराति गुल्मी दरबार गाउँपालिका–१ बलिथुम पीपलपोखरास्थित ६५ वर्षीय लोकबहादुर सोनारीको घरगोठ बगाउँदा उक्त क्षति भएको स्थानीयवासीले बताएका छन् । अविरल वर्षाले सोनारीको घरभन्दा करिब २० मिटरमाथिबाट गएको पहिराले उनको घरगोठसहित खेती गर्दै आएको जग्गासमेत बगाएको छ । 

रातिको समयमा सोनारीका छोरा बाहिर निस्केका बेला ढुङ्गा खसेको देखेपछि परिवारका सबै सदस्यलाई उठाएर भाग्न सफल भएका थिए । मानवीय क्षति नभए पनि घरगोठ र खेती गर्दै आएको जग्गा पूर्णरुपमा पहिराले बगाएर नष्ट गरेको स्थानीय मणिराम अर्यालले जानकारी दिनुभयो । गोठमा रहेका एउटा भैँसी, एउटा दुहुँनो गाई, चार वटा बाख्रा, दुई वटा ब्याउने सँुगुर, एउटा बोकालगायत सबै गाईबस्तु मरेका छन् भने घरमा रहेको केही नगदसहित खाद्यान्न र एक तोला सुन पुरिएको छ । 

विस्थापित सोनारीको पाँच जनाको परिवारलाई अहिले जनज्योति प्राथमिक विद्यालयमा व्यवस्थापन गरिएको छ । पहिरा प्रभावित परिवारलाई बलिथुम युवा क्लबले एक सेट पकाउने भाँडा दिएको छ । रेडक्रस र गाउँपालिकाबाट पनि सहयोग जुटाउने प्रयास भइरहेको ज्ञवालीले जानकारी दिनुभयो । सोनारीको घर नजिकै रहेका तीन घर पनि पहिराको उच्च जोखिममा रहेकाले उहाँहरुलाई पनि विद्यालयमै व्यवस्थापन गरिएको छ ।