११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्द्वारा मधेस प्रदेशको बजेट पारित



अ+ अ-

धनुषा। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तावित बजेट मन्त्रिपरिषद्को बैठकबाट पारित गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाममा आज बसेको बैठकले बजेट अनुमोदन गरेपछि अब सो बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिएको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको जानकारी दिँदै अब प्रदेशसभा बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको छ । अब प्रदेश सभा बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुनेछ ।” प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशसभामा बजेट वक्तव्य पेस गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो ।

प्रदेश सरकारले आगामी आवका लागि नीति तथा कार्यक्रम केही दिनअघि सार्वजनिक गरिसकेको छ । नीति तथा कार्यक्रममा समेटिएका प्राथमिकता, लक्ष्य र घोषणालाई कार्यान्वयन गर्न आगामी वर्षको बजेटले आर्थिक रूपले आधार बनाउने अपेक्षा गरिएको छ । रासस