२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्द्वारा मधेस प्रदेशको बजेट पारित



अ+ अ-

धनुषा। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तावित बजेट मन्त्रिपरिषद्को बैठकबाट पारित गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाममा आज बसेको बैठकले बजेट अनुमोदन गरेपछि अब सो बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिएको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको जानकारी दिँदै अब प्रदेशसभा बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको छ । अब प्रदेश सभा बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुनेछ ।” प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशसभामा बजेट वक्तव्य पेस गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो ।

प्रदेश सरकारले आगामी आवका लागि नीति तथा कार्यक्रम केही दिनअघि सार्वजनिक गरिसकेको छ । नीति तथा कार्यक्रममा समेटिएका प्राथमिकता, लक्ष्य र घोषणालाई कार्यान्वयन गर्न आगामी वर्षको बजेटले आर्थिक रूपले आधार बनाउने अपेक्षा गरिएको छ । रासस