२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुटर दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते



अ+ अ-

तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज दिउँसो स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा स्कुटरमा सवार एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा गोरखा नगरपालिका–१३ अगुवा देउराली बस्ने २२ वर्षीय आसिकबाबु नराल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका नराललाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले २ः१५ बजे मृत घोषणा गरेको उहाँले बताउनुभयो ।

दुर्घटनामा स्कुटरमा सवार नरालका बुबा ४७ वर्षीय कृष्णप्रसाद नराल घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग२५प ४१३ नंको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनाग्रस्त भएको थियो । रासस