२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको समृद्धिका लागि साहित्य, कला र संस्कृति अनिवार्य पाटोः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको समृद्धिका लागि साहित्य, कला र संस्कृति अनिवार्य पाटो भएको उल्लेख गर्नुभएको छ ।

आज नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, कलाकार तथा कर्मचारी सङ्गठनद्वारा आयोजित विचार गोष्ठी तथा अग्रज सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले नेपालीभाषा, साहित्य र संस्कृति प्रवद्र्धनमा प्रतिष्ठानको भूमिकालाई उच्च मूल्याङ्कन गर्नुभयो ।

उहाँले भन्नुभयो, “देशको समृद्धिका लागि साहित्य, कलार संस्कृतिअनिवार्य पाटो हो । प्रज्ञा प्रतिष्ठानलाई अझ सशक्त र समावेशी बनाउन सरकार पूर्ण प्रतिबद्ध छ ।”

यसैगरी, मन्त्री भण्डारीले देशको समृद्धि केवल भौतिक विकासमा मात्र निर्भर नभई साँचो पहिचान, मौलिकता र सृजनात्मकताको संरक्षणमार्फत सम्भव हुने भएकाले साहित्य, कला र संस्कृतिको जगेर्ना गर्नु हाम्रो राष्ट्रिय दायित्व भएको समेत जिकिर गर्नुभयो ।

“सांस्कृतिक मूल्य र राष्ट्रिय चेतनाको संरक्षणबिना हामी आधुनिकता र प्रविधिमा जतिसुकै अघि बढे पनि त्यो दिगो विकास हुँदैन,” उहाँले भन्नुभयो, “हामीले आत्मगौरवका लागि सृजनात्मक साहित्य, सिर्जनशीलकला र हाम्रो मौलिक संस्कृति जोगाउनै पर्छ ।”

कार्यक्रममा प्रतिष्ठानले योगदान दिएका अग्रज साहित्यकारहरूलाई सम्मान गरिनाका साथै नेपालीभाषा र संस्कृतिका समसामयिक चुनौतीहरूबारे विमर्श गरिएको थियो । गोष्ठीमा साहित्यकार, कलाकार, प्राज्ञिक व्यक्तित्व तथा सरकारी अधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो । रासस