६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गजलसङग्रह ‘साधना’ विमोचन



अ+ अ-

काठमाडौँ। नेपाली गजललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यकका साथ गजल प्रवद्र्धन केन्द्र, नेपाल घोषणा गरिएको छ । यहाँ आज आयोजित एक समारोहबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त केन्द्रको घोषणा गर्नुभएको हो ।

समारोहमा कुलपति राईले स्रष्टालाई गजल लेखनको प्रशिक्षणसहित कृति प्रकाशन र सङ्गीतबद्ध गर्नेसम्मको सहयोग गर्ने उद्देश्य रहेकाले गजल प्रवद्र्धन केन्द्र अरूभन्दा पृथक रहेको बताउनुभयो । नेपाली भाषाका प्रथम गजलकार युवा कवि मोतीराम भट्टको नामबाट ‘मोती गजल पुरस्कार’ स्थापनाको माग सम्बोधनका लागि आफूले प्रयास गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कुलपति राईले गजल प्रवद्र्धन केन्द्रले गजलको विकास र प्रवद्र्धनका लागि ल्याउने उपयुक्त योजना तथा कार्यक्रमलाई प्रतिष्ठानले भरपुर सहयोग गर्ने आश्वासन दिनुभयो ।

केन्द्रका संरक्षक तथा बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा घनश्याम न्यौपाने परिश्रमीले दुई दशकअघि देखेको सपना गजल प्रवद्र्धन केन्द्रको माध्यमबाट पूरा हुने आशा व्यक्त गर्नुभयो । “अब संस्थागत रूपमा नेपालभित्र विभिन्न भाषामा गजलको विस्तार र प्रवद्र्धनमा सबैको सहयोग प्राप्त हुने विश्वास छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा केन्द्रका महासचिव एलपी पराजुलीले गजल प्रवद्र्धन केन्द्रको उद्देश्य र कार्ययोजनाबारे प्रष्ट पार्नुभएको थियो । केन्द्रका सल्लाहकार डा देवी पन्थीले साहित्यमा धैर्यपूर्वक लाग्नेले सफलता पाउने उल्लेख गर्नुभयो ।

सो अवसरमा नेपाली भाषा र व्याकरणको शुद्धतालाई पालना गर्दै ७५ गजलकारद्वारा लिखित संयुक्त गजलसङग्रह ‘साधना’को विमोचन गरिएको थियो । यस्तै केन्द्रका संरक्षक डा घनश्याम न्यौपाने परिश्रमीले नेपाली गजल क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै साधना संयुक्त गजल सङ्ग्रहका लागि योगदान पु¥याएबापत् विमुन्स पौडेल र ध्रुवप्रसाद गजुरेललाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, गायिका पूजन मिश्र, किशोर कोइराला, अरुण खड्का, शर्मिला तिमल्सिना, सुधिर थापा, उत्तम विचार, वासुदेव ठकुरी,  कल्पना भट्टराई, सङ्गीता खरेल, राजेन्द्रकुमार बज्राचार्यलगायतले गजल सुनाउनु भएको थियो ।

कार्यक्रमको सभापतित्व गजल प्रवद्र्धन केन्द्र, नेपालका अध्यक्ष अरुणकुमार श्रेष्ठले तथा कार्यक्रम सञ्चालन केन्द्रका कोषाध्यक्ष विमुन्स पौडेलले गर्नु भएको थियो । रासस