१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

गजलसङग्रह ‘साधना’ विमोचन

गजलसङग्रह ‘साधना’ विमोचन
अ अ+ अ-

काठमाडौँ। नेपाली गजललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यकका साथ गजल प्रवद्र्धन केन्द्र, नेपाल घोषणा गरिएको छ । यहाँ आज आयोजित एक समारोहबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त केन्द्रको घोषणा गर्नुभएको हो ।

समारोहमा कुलपति राईले स्रष्टालाई गजल लेखनको प्रशिक्षणसहित कृति प्रकाशन र सङ्गीतबद्ध गर्नेसम्मको सहयोग गर्ने उद्देश्य रहेकाले गजल प्रवद्र्धन केन्द्र अरूभन्दा पृथक रहेको बताउनुभयो । नेपाली भाषाका प्रथम गजलकार युवा कवि मोतीराम भट्टको नामबाट ‘मोती गजल पुरस्कार’ स्थापनाको माग सम्बोधनका लागि आफूले प्रयास गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कुलपति राईले गजल प्रवद्र्धन केन्द्रले गजलको विकास र प्रवद्र्धनका लागि ल्याउने उपयुक्त योजना तथा कार्यक्रमलाई प्रतिष्ठानले भरपुर सहयोग गर्ने आश्वासन दिनुभयो ।

केन्द्रका संरक्षक तथा बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा घनश्याम न्यौपाने परिश्रमीले दुई दशकअघि देखेको सपना गजल प्रवद्र्धन केन्द्रको माध्यमबाट पूरा हुने आशा व्यक्त गर्नुभयो । “अब संस्थागत रूपमा नेपालभित्र विभिन्न भाषामा गजलको विस्तार र प्रवद्र्धनमा सबैको सहयोग प्राप्त हुने विश्वास छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा केन्द्रका महासचिव एलपी पराजुलीले गजल प्रवद्र्धन केन्द्रको उद्देश्य र कार्ययोजनाबारे प्रष्ट पार्नुभएको थियो । केन्द्रका सल्लाहकार डा देवी पन्थीले साहित्यमा धैर्यपूर्वक लाग्नेले सफलता पाउने उल्लेख गर्नुभयो ।

सो अवसरमा नेपाली भाषा र व्याकरणको शुद्धतालाई पालना गर्दै ७५ गजलकारद्वारा लिखित संयुक्त गजलसङग्रह ‘साधना’को विमोचन गरिएको थियो । यस्तै केन्द्रका संरक्षक डा घनश्याम न्यौपाने परिश्रमीले नेपाली गजल क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै साधना संयुक्त गजल सङ्ग्रहका लागि योगदान पु¥याएबापत् विमुन्स पौडेल र ध्रुवप्रसाद गजुरेललाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, गायिका पूजन मिश्र, किशोर कोइराला, अरुण खड्का, शर्मिला तिमल्सिना, सुधिर थापा, उत्तम विचार, वासुदेव ठकुरी,  कल्पना भट्टराई, सङ्गीता खरेल, राजेन्द्रकुमार बज्राचार्यलगायतले गजल सुनाउनु भएको थियो ।

कार्यक्रमको सभापतित्व गजल प्रवद्र्धन केन्द्र, नेपालका अध्यक्ष अरुणकुमार श्रेष्ठले तथा कार्यक्रम सञ्चालन केन्द्रका कोषाध्यक्ष विमुन्स पौडेलले गर्नु भएको थियो । रासस