१ श्रावण २०८२, बुधबार
,
Latest
राप्रपाले भ्रष्टाचारविरुद्ध प्रदर्शनसहित अख्तियारको ध्यानाकर्षण गराउने विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ निर्वाचित पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ चिकित्सा शिक्षा आयोगको २० औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण मन्त्री बलराम अधिकारीको ३२ लाख घुस लिएको अडिओ बाहिरियो मुख्यमन्त्रीद्वारा कानुनी जटिलताको पहिचान गर्न निर्देशन ज्येष्ठ नागरिकका बारेमा जनचेतना जरुरी छ : प्रदेश प्रमुख भट्ट साहित्यिक पत्रकार पन्थी र साह सम्मानित पहिलोपटक जुम्लामा विद्युतीय सार्वजनिक सवारी, चार्जिङ स्टेसन पनि निर्माण हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख र संसद विचौलियाको पक्षमा उभिनुभएको आरोप लगाउनुभएको छ ।

संघीय संसद भवनमा आईतवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संसद र सभामुख स्वयं विचौलियाको पक्षमा उभिएपछि संसद बहिष्कार गर्नुपरेको बताउनुभएको हो ।

उहाँले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध जनाइरहँदा सभामुखले अन्देखा गर्दै संसद सुचारु गर्नुभएको बताउनु भयो । उहाँले एक जना सांसदले विरोध जनाउँदा संसद चलन नसक्ने नियमावली रहेको भएपनि सभामुखले नियमावली विरुद्ध गएर संसद सुचारु गर्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सभामुखले आज भिजिट भिसा प्रकरणमा नेपाली नागरिक विक्रीमा परेका छन् । सरकार स्वयं संलग्न छ भन्नेकुरा पछिल्ला तथ्य र प्रमाण्ले देखाएको छ । सफ्ठ्वेयर नै बनाएर ठगिएको छ भन्नेकुरा बाहिरिँदा पनि संसदमा हामीले यो आवाज गृहमन्त्रीको जवाफ चाहियो भनेर ३५ जना जति सांसदले आवाज उठाउँदा सभामुखले त्यो अन्देखा गर्नुभयो । सभामुख र संसद स्वयं विचौलियाको पक्षमा उभिएपछि हामीले संसद बहिष्कार ग¥यौँ । बहिष्कार गर्नु शिवाय अर्को विकल्प छैन । किनभने यस्तो किसिमले संसद चल्दैन ।’

प्रमुख सचेतक शाहीले संसदमा उठेका आावज सम्बोधन नगर्ने भएपछि संसदभित्र बस्नुको औचित्य नरहेको बताउनु भयो ।