१ आश्विन २०८३, बिहीबार
,
Latest
‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागी हुँदा तीन वर्षीया बालिकाको मृत्यु



अ+ अ-

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उहाँकी तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । बाटोमा लैजाँदै गर्दा बालिकाको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएकोमा राति मृत्यु भएको प्रहरीको भनाइ छ । 

विद्युत् चुहावट भई कार्कीको घरमा आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जलेर करिब रु १७ लाख बराबरको क्षति भएको हो । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो । 




भर्खरै