२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसदहरुले जनप्रतिनिधिको हैसियतमा जनतालाई नै गुमराहमा राखेः सांसद डा. महत



अ+ अ-

नेपाली काँग्रेसका सांसद डाक्टर प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु बजेटका तमाम विषयको छलफलमा सहभागी नभएर एउटा महत्वपूर्ण अवसर गुमाएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद डा. महतले बजेट वर्षमा एकपटक आउने र बजेटको तमाम विषय चिरफार गर्नुपर्ने समयमा आन्दोलन गरेर उक्त अवसर गुमाएको बताउनु भयो ।

उहाँले कुनैपनि आधार नै नभएको विषयलाई लिएर छलफलमा भाग नलिनु जनप्रतिनिधिको हैसियतले जनतालाई नै गुमराहमा राख्नु सरह भएको आरोप लगाउनु भयो । विरोधकाबीच पनि प्रमुख प्रतिपक्षी दलले सक्रिय सहभागिता जनाउनु खुशीको विषय भएको बताउँदै उहाँले मुलुकको वित्त व्यवस्थापनका कुराहरु बजेटले बोल्ने भएकाले तथ्यहीन विषयमा आन्दोलन गरिरहनुको कुनै औचित्य नभएको टिप्पणी गर्नुभयो ।

डाक्टर महत भन्नुहुन्छ, ‘दुर्भाग्य हो कि यो छलफलमा निर्धारित समय जुन तोकिएको थियो त्यो दिनदेखि नै छलफल अगाडि बढ्नु पथ्र्यो । विपक्षीमा रहेका दलहरुसँग निरन्तर छलफल पनि सरकारले ग¥यो र तत्पश्चात माओवादीलगायतका दलहरुले यो प्रक्रियामा सहभागी हुनुभएको छ । तर, रास्वापाका साथीहरुले पनि यो बहसमा सहभागी भएर गम्भीर छलफल गर्नुपथ्र्यो । बजेट बर्षमा एक पटक आउँछ । त्यो बजेटको तमाम विषयमा चिरफार गर्ने त्यसका कमजोरी, राम्रो पक्ष सबै पक्षमा छलफल गर्ने एउटा महत्वपूर्ण अवसर उहाँहरुले गुमाउनुभएको छ । मलाई दुःख लागेको छ कि यस्तो महत्वपूर्ण विषयमा छलफलमा भाग नलिएर जुन विषय उहाँहरुले उठाउनु हुँदैछ त्यसमा कुनै आधार नै छैन । कुनैपनि आधार नभएको विषयलाईै लिएर यो छलफललाई अवरोध गर्नु, छलफलमा भाग नलिनु वास्तवमा जनप्रतिनिधिको हैसियतले जनतालाई नै गुमाराहमा राख्नु हो भन्ने मलाई लाग्छ । जे भएपनि यो छलफल अगाडि बढेको छ र जिम्मेवारीपूर्वक यस विषयलाई उठाउँदै आउनुभएका अन्य दलहरु प्रमुख विपक्षीले सक्रिय सहभागिता जनाएको छ । यो खुशीको कुरा हो । जहाँसम्म बजेटको कुरा छ यो बजेट वास्तवमा हरेक बजेटको लक्ष्य हुन्छ ।’

‘देशमा आर्थिक समृद्धि सिर्जना गर्नु, आर्थिक अवसरहरु सिर्जना गर्नु, रोजगारी सिर्जना गर्नु, देशको आर्थिक बृद्धिलाई गति दिनु । त्यो गर्नका लागि राज्यको साधनस्रोत कसरी परिचालन गर्ने विदेशी सहयोग कसरी लिने? र आन्तरिक राजश्व कसरी परिचालन गर्ने त्यसको आधारमा राजश्वको एउटा अनुमान गरिन्छ । त्यसको आधारमा राजश्व अनुमान प्रस्ताव गरिन्छ र त्यही प्रस्ताव वमोजिम कसरी विनियोजन गर्ने ? कुन क्षेत्रमा लगानी गर्ने ? पूँजीगत खर्च कहाँ कहाँ गर्ने । पूँजीगत खर्चमा पनि कसरी प्राथमिकता दिने ? बजेटले हाम्रो सामान्य खर्च तलब भत्ताको कुरा, सामाजिक सुरक्षाका कुरा, वित्त व्यवस्थापनका कुरालाई व्यवस्थापन गर्ने विषयमा बजेटले बोल्छ । र यो बजेटले पनि त्यही काम गरेको छ । यो बजेटले बजेट विनियोजनमा अराजकता, अनुशासनहीनता, विनियोजन धेरै गर्ने र परिणाम प्राप्त नहुने परिस्थितिको कमीमा यसले काम गरेको छ । संघीय बजेटले ३ करोडभन्दा तलको आयोजना नगर्ने विषय कार्यान्वयनमा अर्थमन्त्री हुनुपर्नेजति शसक्त हुन सक्नुभएन । अर्थमन्त्रीले चार हजारभन्दा बढी आयोजनाहरु कटौती गर्नुभएको छ । बजेटलाई परिणाममुखी बनाउने कोशिस गर्नुभएको छ त्यसको सराहना गर्न चाहन्छु । अहिलेको आवश्यकता भनेको परिणामुखी बजेट नै हो । 

उहाँले परिणाममुखी बजेटको आवश्यकतालाई ध्यान दिँदै अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई परिणामुखी बनाउने कोसिस गर्नुभएको बताउनु भयो ।