२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसदहरुले जनप्रतिनिधिको हैसियतमा जनतालाई नै गुमराहमा राखेः सांसद डा. महत



अ+ अ-

नेपाली काँग्रेसका सांसद डाक्टर प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु बजेटका तमाम विषयको छलफलमा सहभागी नभएर एउटा महत्वपूर्ण अवसर गुमाएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद डा. महतले बजेट वर्षमा एकपटक आउने र बजेटको तमाम विषय चिरफार गर्नुपर्ने समयमा आन्दोलन गरेर उक्त अवसर गुमाएको बताउनु भयो ।

उहाँले कुनैपनि आधार नै नभएको विषयलाई लिएर छलफलमा भाग नलिनु जनप्रतिनिधिको हैसियतले जनतालाई नै गुमराहमा राख्नु सरह भएको आरोप लगाउनु भयो । विरोधकाबीच पनि प्रमुख प्रतिपक्षी दलले सक्रिय सहभागिता जनाउनु खुशीको विषय भएको बताउँदै उहाँले मुलुकको वित्त व्यवस्थापनका कुराहरु बजेटले बोल्ने भएकाले तथ्यहीन विषयमा आन्दोलन गरिरहनुको कुनै औचित्य नभएको टिप्पणी गर्नुभयो ।

डाक्टर महत भन्नुहुन्छ, ‘दुर्भाग्य हो कि यो छलफलमा निर्धारित समय जुन तोकिएको थियो त्यो दिनदेखि नै छलफल अगाडि बढ्नु पथ्र्यो । विपक्षीमा रहेका दलहरुसँग निरन्तर छलफल पनि सरकारले ग¥यो र तत्पश्चात माओवादीलगायतका दलहरुले यो प्रक्रियामा सहभागी हुनुभएको छ । तर, रास्वापाका साथीहरुले पनि यो बहसमा सहभागी भएर गम्भीर छलफल गर्नुपथ्र्यो । बजेट बर्षमा एक पटक आउँछ । त्यो बजेटको तमाम विषयमा चिरफार गर्ने त्यसका कमजोरी, राम्रो पक्ष सबै पक्षमा छलफल गर्ने एउटा महत्वपूर्ण अवसर उहाँहरुले गुमाउनुभएको छ । मलाई दुःख लागेको छ कि यस्तो महत्वपूर्ण विषयमा छलफलमा भाग नलिएर जुन विषय उहाँहरुले उठाउनु हुँदैछ त्यसमा कुनै आधार नै छैन । कुनैपनि आधार नभएको विषयलाईै लिएर यो छलफललाई अवरोध गर्नु, छलफलमा भाग नलिनु वास्तवमा जनप्रतिनिधिको हैसियतले जनतालाई नै गुमाराहमा राख्नु हो भन्ने मलाई लाग्छ । जे भएपनि यो छलफल अगाडि बढेको छ र जिम्मेवारीपूर्वक यस विषयलाई उठाउँदै आउनुभएका अन्य दलहरु प्रमुख विपक्षीले सक्रिय सहभागिता जनाएको छ । यो खुशीको कुरा हो । जहाँसम्म बजेटको कुरा छ यो बजेट वास्तवमा हरेक बजेटको लक्ष्य हुन्छ ।’

‘देशमा आर्थिक समृद्धि सिर्जना गर्नु, आर्थिक अवसरहरु सिर्जना गर्नु, रोजगारी सिर्जना गर्नु, देशको आर्थिक बृद्धिलाई गति दिनु । त्यो गर्नका लागि राज्यको साधनस्रोत कसरी परिचालन गर्ने विदेशी सहयोग कसरी लिने? र आन्तरिक राजश्व कसरी परिचालन गर्ने त्यसको आधारमा राजश्वको एउटा अनुमान गरिन्छ । त्यसको आधारमा राजश्व अनुमान प्रस्ताव गरिन्छ र त्यही प्रस्ताव वमोजिम कसरी विनियोजन गर्ने ? कुन क्षेत्रमा लगानी गर्ने ? पूँजीगत खर्च कहाँ कहाँ गर्ने । पूँजीगत खर्चमा पनि कसरी प्राथमिकता दिने ? बजेटले हाम्रो सामान्य खर्च तलब भत्ताको कुरा, सामाजिक सुरक्षाका कुरा, वित्त व्यवस्थापनका कुरालाई व्यवस्थापन गर्ने विषयमा बजेटले बोल्छ । र यो बजेटले पनि त्यही काम गरेको छ । यो बजेटले बजेट विनियोजनमा अराजकता, अनुशासनहीनता, विनियोजन धेरै गर्ने र परिणाम प्राप्त नहुने परिस्थितिको कमीमा यसले काम गरेको छ । संघीय बजेटले ३ करोडभन्दा तलको आयोजना नगर्ने विषय कार्यान्वयनमा अर्थमन्त्री हुनुपर्नेजति शसक्त हुन सक्नुभएन । अर्थमन्त्रीले चार हजारभन्दा बढी आयोजनाहरु कटौती गर्नुभएको छ । बजेटलाई परिणाममुखी बनाउने कोशिस गर्नुभएको छ त्यसको सराहना गर्न चाहन्छु । अहिलेको आवश्यकता भनेको परिणामुखी बजेट नै हो । 

उहाँले परिणाममुखी बजेटको आवश्यकतालाई ध्यान दिँदै अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई परिणामुखी बनाउने कोसिस गर्नुभएको बताउनु भयो ।