२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नातावाद र कृपावादलाई प्रश्रय दिने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा आघात पुर्यायो: सभापति खतिवडा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राजनीतिक नेतृत्वले पद प्राप्त गरेलगत्तै नातावाद र कृपावादलाई प्रश्रय दिने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा आधात पु¥याएको बताउनुभएको छ ।

लोकसेवा आयोगको ७५ औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खतिवडाले यस्तो बताउनुभएको हो ।

उहाँले लोकतन्त्र प्राप्तिपछि अहिले देखिएको निराशा र कुण्ठा अन्त्यका लागि लोकसेवा आयोग जस्तो निष्पक्ष संस्थाबाट राजीनित नेतृत्वबाट शिक्षा लिनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले निष्पक्षता र योग्यताको आधारमा कार्य गर्ने संस्थाले मात्रै जनतामा लोकतन्त्रप्रतिको विश्वास बलियो बनाउन सक्ने उल्लेख गर्दै लोक सेवा आयोगको प्रसंशा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्र प्राप्तिपछि अहिले पनि निराशाका कुण्ठाहरु जिवित भएको बेलामा यस्ता कुण्ठाहरुलाई अन्त्य गर्नको लागि हामीले लोकसेवाबाट केही शिक्षा लिनुपर्ने जरुरी छ । विषेशगरी राजनीतिक नेतृत्वले यो बेला राजनीतिक नेतृत्वले ठाउँ पाउने बित्तिकै नाता र गोतालाई प्रश्चय दिन्छन् भन्ने जुन अनुभुति छ, त्यसको अन्त्यका लागि पनि संस्था यस्तो होस् जसले लोकसेवा आयोग जस्तो गरोस् । जहाँ निष्पक्षताबाहेक केही हुदैन । योग्यताको कदर हुन्छ भन्ने हामीले जनतामा सिर्जित गर्न सकियो भने हामीले ल्याएको लोकतन्त्र र यो संविधान अझ दह्रो भएर रहने विश्वास मैले लिएको छु ।’

सभापति खतिवडाले संविधान कार्यान्वयनको लागि महत्वपूर्ण मानिएको संघीय निजामति विधेयक आजै संसदमा दर्ता गर्ने समेत जानकारी दिनुभयो ।