५ पुष २०८२, शनिबार
,
Latest
प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलन भइरहँदा संसद चलाउनु दादागिरी होः प्रमुख सचेतक शाही



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सांसदहरूको विरोधकाबिच संसद बैठक चलाइएको भन्दै आपत्ति जनाउनुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले आपत्ति जनाउनुभएको हो । उहाँले संसद्मा आन्दोलन भइरहँदा संसद् बैठक चलाउनु उचित नभएको बताउनु भयो । उहाँले सत्तापक्ष र प्रतिपक्षीहरू सबै जनताले जिताएको जनप्रतिनिधि भएको बताउनु भयो । उहाँले भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही भन्ने मागमा सबैले साथ दिन आग्रह गर्नुभयो । सांसद शाहीले आन्दोलनका बिच संसद् चलाउनु संसदीय अभ्यास नभएको बताउँदै यो दादागिरी भएकोले दादागिरी बन्द गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “संसद्मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ ? उचित हुँदैन भन्ने मलाई लाग्छ । उहाँहरू पनि, हामीहरू पनि जनताले जिताएको जनप्रतिनिधि हो । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही भन्ने मागमा सबैले साथ दिनुस् । यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन । यो दादागिरी हो । दादागिरी बन्द गर्नुस् ।”  

भिजिट भिसा प्रकरणमा मुछिनुभएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद् अवरोध गर्दै आएको छ । आईतवारको प्रतिनिधि सभामा पनि रास्वपाका सांसदहरुले नाराबाजी गरिरहेका छन् । रास्वपाको विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद अगाडी बढाउनुभएको छ ।