११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एपिएफ क्लबलाई ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबलको उपाधि



अ+ अ-

कास्की। पोखरामा सञ्चालन भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपालको एपिएफ क्लबले जितेको छ ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा निराश पार्दै एपिएफ च्याम्पियन बन्यो । एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को अङ्कमा हराउन सफल भयो ।

यससँगै प्रतियोगिताको उद्घाटन खेलमा पुलिससँग बेहोरेको हारको बदलासमेत एपिएफले फाइनलमा लिएको छ । च्याम्पियन बनेको एपिएफले रु छ लाखसहित ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता पुलिसले रु तीन लाख पुरस्कारमा चित्त बुझायो ।

यसैगरी, प्रतियोगितमा टिप टप न्यू डायमन्ड क्लबले तृतीय बनेर रु एक लाख पुरस्कार पायो । डायमन्डले आज नै भएको तृतीय स्थानको खेलमा एभरेष्ट भलिबल क्लबलाई २५–८, २५–१९ र २५–११ को सेटमा हराएको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी निरुता ठगुन्ना घोषित हुँदै रु ३० हजार पुरस्कार पाउनुभयो । उत्कृष्ट सेटरमा एपिएफकी जसना महतो, स्पाइकरमा पुलिसकी उषा भण्डारी, सर्भर एपिएफकी सृृष्टि खड्की, ब्लकर न्यू डायमन्डकी सुमित्रा रेग्मी, लिब्रोमा डायमन्डकी सलिना श्रेष्ठ र प्रशिक्षकमा एपिएफका पुष्पजङ्ग मल्ल घोषित हुँदै जनही रु २० हजार पुरस्कार पाउनुभयो ।

प्रतियोगिताको च्याम्पियन टोली तथा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री सत्या पहाडी, गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, आयोजक नेपाल स्पोर्टस् एकेडेमीका अध्यक्ष दीपक कोइरालालगायतले पुरस्कार वितरण गर्नुभयो ।

यही जेठ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा छ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । नेपाल स्पोर्टस् एकेडेमीले गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का नाममा पहिलो पटक महिला भलिबल प्रतियोगिता गरेको हो । रासस