६ पुष २०८२, आईतवार
,
Latest
गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ प्रशासनमा बिहान ७ बजेदेखि सेवा



अ+ अ-

तनहुँ। जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि बिहान ७ बजेदेखि सेवा दिन सुरु गरेको छ । कार्यालयमा नयाँ नागरिकता र राष्ट्रिय परिचयपत्र दर्ताका लागि आउने सेवाग्राहीको चाप बढेपछि कार्यालयले शुक्रबारदेखि बिहान ७ देखि ५ बजेसम्म सेवा सुरु गरेको हो ।

बढ्दो गर्मीका कारण सेवाग्राहीलाई सास्ती भएकाले बिहानदेखि सेवा प्रवाह सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सेवा प्रवाहलाई व्यवस्थित गराउन बिहानदेखि सेवा प्रवाह थालिएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि ७ बजेदेखि सेवा सुरु हुनेछ ।”

कार्यालयमा नागरिकता र राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि सेवाग्राहीको चाप बढ्दै गएको छ । कार्यालयले यसअघि दैनिक एक सय ५० को हाराहारीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्दै आएको छ । तनहुँमा १२ हजार राष्ट्रिय परिचयपत्र वितरण, ४६ हजार बाँकी जिल्लामा १२ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित दश स्थानीय तहमा परिचयपत्र पठाएकामा सम्बन्धित स्थानीय तहबाट १२ हजार ५०७ जनालाई परिचयपत्र वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट दुई सय ५८ परिचयपत्र वितरण भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । प्रशासन कार्यालयमा आइपुगेका राष्ट्रिय परिचयपत्र चालु आर्थिक वर्षमा कार्यालयले सम्बन्धित पालिकामा पठाएको थियो । अधिकारीका अनुसार जिल्लाका पालिकामा ५९ हजार ५०० थान परिचयपत्र पठाइएको छ । अझै ४६ हजार ७३५ थान परिचयपत्र वितरण हुन बाँकी छ ।

अधिकारीले भन्नुभयो, “सम्बन्धित स्थानीय तहबाटै परिचयपत्र वितरण गर्दा सम्बन्धित व्यक्तिलाई सहज हुने भएपछि प्रशासन कार्यालयमा थन्किएर बसेका परिचयपत्र पालिकामा पठाएका हौँ । यसले गर्दा परिचयपत्र लिन सदरमुकामसम्म धाउनुपर्ने अवस्था रहेन ।”

उहाँका अनुसार चालु आर्थिक वर्षमा १५ हजार ७१२ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता गरेका छन् । दिनमा १८० जनासम्मको आवेदन दर्ता गर्ने गरिएको छ । त्यसका लागि दुईवटा स्टेसन तोकिएको छ ।  रासस