१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मी भएपछि नर्सले लगाइन् यस्तो पीपीई, कोरोना संक्रमितले घुरेर हेरे



अ+ अ-

काठमाडौं । रुसको तुलामा रहेको एक अस्पतालमा काम गर्ने एक नर्सले पारदर्शी सुरक्षा कवचभित्र बिकिनी मात्र लगाएर उपचारमा खटिएपछि त्यसको व्यापक चर्चा भएको छ ।ती महिला नर्सलाई प्लास्टिकको सुरक्षा कवच लगाएको अनि औषधि भरिएको ट्रे बोकेको अवस्थामा तस्वीर लिइएको थियो ।

तुलाको सरुवा रोग अस्पतालमा यो तस्वीर लिइएको हो ।रोगीहरूले नर्सको यस्तो उत्तेजक वस्त्रमा आपत्ति त जनाएनन् तर उनलाई घुरेर हेर्न भने छुटाएनन, तस्वीर प्रकाशन गर्ने टस्ल्की नोभोस्तीले लेखेको छ ।तर नर्स आफैंलाई यो सुरक्षा कवच यतिसम्म पारदर्शी होला भन्ने नलागेको बताइएको छ । उनले दिनभरि भारीभरकम पीपीई लगाउँदा गर्मी भएर भित्री वस्त्र बाहेक अन्य लुगा फुकालेकी थिइन् ।

यो समाचार प्रकाशित भएपछि स्थानीय स्वास्थ्य अधिकारीहरूको ध्यान खिचिएको छ । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले नर्सलाई चेतावनी दिँदै उनले निर्दे्शिकाहरूको उल्लंघन गरेको बताएको छ ।‘कर्मचारीहरूलाई स्वस्थ कपडा लगाउन र मर्यादित देखिनुपर्ने नियम पालन गर्न भनिएको छ,’ मन्त्रालयले भन्यो ।मन्त्रालयले नर्सबाट नियम भंग भएको भनी आपत्ति जनाएपनि अधिकांश जनताले कोभिड–१९ का रोगीको उपचारमा खटिएर अहोरात्र मेहनत गरेको भन्दै नर्सको प्रशंसा गरेका छन् ।




भर्खरै