२० असार २०८३, शनिबार
,
Latest
सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुङ्गामा तिम्ल्याहा शिशु जन्मिए



अ+ अ-

ओखलढुङ्गा। जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेमा महिलाले एकैपटक तीन वटा बच्चा जन्माउनुभएको छ । मङ्गलबारेका ३२ वर्षीया हिरा तामाङले आज ओखलढुङ्गा सामुदायिक अस्पतालमा तीन छोरीलाई जन्म दिनुभएको हो ।

बिहीबार प्रश्रव व्यथा लागेर अस्पताल भर्ना हुनुभएकी तामाङले आज बिहान १०ः४० देखि १०ः४२ सम्ममा तीन स्वस्थ शिशुलाई जन्मदिनुभएकी अस्पतालका निर्देशक डा रोशन खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार डा रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरी हिराका छोरीलाई जन्म गराएका हुन् ।

तीनमध्ये पहिलो छोरीको तौल १९ सय ग्राम, दोस्रोको २२ सय ग्राम र तेस्रो छोरीको तौल २३ सय ग्राम रहेको अस्पतालले जनाएको छ । उहाँको ३६ हप्तामा शल्यक्रियामार्फत शिशु निकालिएको अस्पतालका निर्देशक डा खरेलले बताउनुभयो । उहाँका अनुसार शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य छ ।

यसअघि उहाँका एक सात वर्षीय छोरा छन् । ओखलढुङ्गामा सम्भवतः एकै पटक तीन वटा शिशु जन्मिएको यो पहिलो घटना भएको अस्पतालले जनाएको छ । रासस