११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित



अ+ अ-

धनुषा। मधेस प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बनमा परेका छन् । आज प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले कुशवाहाको सांसद पद निलम्बनमा परेको जानकारी दिनुभयो ।

कुशवाहाको निलम्बनसम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धानको पत्र सभामुख मण्डलले सभासमक्ष पढेर सुनाउनुभएको थियो । उहाँ बिहीबार काठमाडौँको अनामनगरबाट पक्राउ पर्नुभएको थियो । जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उहाँ महोत्तरी निर्वाचन क्षेत्र नं ४ (२) बाट निर्वाचित हुनुभएको थियो ।

कुशवाहाले विभिन्न उपभोक्ता समिति गठन गरी समितिको रकम निजीसचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको रकम आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सचिव कायस्थ महोत्तरीबाट केही दिनअघि पक्राउ परेका थिए ।

यसअघि सांसद दीपेन्द्र ठाकुर र अभिराम शर्मा निलम्बन भइसकेका छन् । सांसदद्वय कुशवाहा र शर्मा महोत्तरीबाट र सांसद  ठाकुर धनुषाबाट प्रदेश सांसदका रूपमा निर्वाचित हुनुभएको थियो । रासस