५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ



अ+ अ-

सङ्खुवासभा। जिल्ला प्रहरी कार्यालयले सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालबाट फोटो, भिडियो सार्वजनिक गर्दै चरित्रहत्या गरेकाले उनीहरूलाई विद्युतीय अपराधअन्तर्गत पक्राउ गरिएको हो ।

षडानन्द नगरपालिका–१ का २९ वर्षीय सुजन भुजेल र सोही ठाउँमा २१ वर्षीय बिपल राई उपर उजुरी परेकाले उनीहरूलाई सदरमुकाम खाँदबारीबाट आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेका भुजेल र राईमाथि सङ्खुवासभा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा विद्युतीय अपराधमा यो वर्ष तीन जना पक्राउ परिसकेका छन् ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ ले कसुरमा पाँच वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । रासस