४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षका प्रमुख सचेतक पाण्डे बोलिराख्दा रास्वपाका सांसदले ठटाए टेबुल



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनेबित्तिकै रास्वपा, राप्रपाले विरोध जनाएका छन् ।

सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिँदा रास्वपा, राप्रपाले विरोध जनाएका हुन् । उनीहरुले विरोध जनाउँदै टेबल ठटाएका हुन् ।

पाण्डेले बोलिराख्दा रास्वपाका सांसदहरुले लगातार टेबल बजाइरहेका छन् । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र बीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भएको छ । तर, रास्वपाले भने यसमा सहमति जनाएको छैन ।