५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी कार्यालयलाई अपाङ्गतामैत्री बनाउँछुः सभापति देउवा



अ+ अ-

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी कार्यालयलाई अपाङ्गतामैत्री बनाइने बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई पार्टी कार्यालयमा माथि चढ्न समस्या भएको गुनासो आएको भन्दै पार्टीका पदाधिकारीहरुसँग कुरा गरेर माथिसम्मै ह्वीलचेयर जानसक्ने व्यवस्था गर्ने बताउनु भयो । उहाँले अबको बाटो संकल्प र कार्यान्वयनको भएको बताउनु भयो । उहाँले अब बोल्ने नभए काम ध्यान दिनुपर्ने बताउनु भयो । पार्टी संरचनामा अनिवार्य प्रतिनिधित्व सुनिश्चितता गर्नेकुरामा लाग्ने बताउनु भयो । सबै तहमा डिजिटल पहुँच सुधार गर्न ध्यान दिने बताउनु भयो । पार्टीको नीति तथा घोषणापत्रहरुमा अपाङ्गताका सवालहरु स्पष्ट रुपमा उल्लेख गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अबको बाटो संकल्प र कार्यान्वयनको हो । अब हामीले कुरामा होइन, काममा ध्यान दिनुपर्नेछ । पार्टी संरचनामा अनिवार्य प्रतिनिधित्व सुनिश्चितता गर्नेकुरामा लाग्नुपर्नेछ । सबै तहमा डिजिटल पहुँच सुधार गर्नुपर्नेछ । पार्टीको नीति तथा घोषणापत्रहरुमा अपाङ्गताका सवालहरु स्पष्ट रुपमा उल्लेख गरिनेछ । नेपाली काँग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यासमा अग्रणी भुमिका खेल्नेछ । माथि आउन धेरै गाह्रो छ भन्नेकुरा उठाउनु भयो । ह्वीलचेयरको बाटो छैन । त्यसैकारण पार्टीका सबै साथीहरुलाई कसरी सिधै माथि ह्वीलचयर आउने व्यवस्था गर्न साथीहरुसँग कुरा गरेर, कोषाध्यक्षलाई राखेर माथि आउने सिधा बाटो बनाउने काम गर्नेछु ।’

सभापति देउवाले अपाङ्गता भएका व्यक्तिहरुले हिनतावोध नगरी आफ्नो काममा लाग्न आग्रह गर्नुभयो ।