३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईमा घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीन वटा संसदीय उपसमिति गठन



अ+ अ-

काठमाडौँ । द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (युएई) मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीनवटा संसदीय उपसमिति गठन गरिएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले तीन वटा संसदीय उपसमिति गठन गरेको हो ।

समिति सभापति अब्दुल खानले उपसमितिको संयोजक उपसमितिको पहिलो बैठबाट तय हुनेगरी गठन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार समितिले घरेलु कामदारहरुको सम्बन्धमा निर्णय गर्न दलहरुको धारण समेत दिने भएको छ ।
सभापति खानले भन्नुभयो, ‘घरेलु कामदारहरुको सम्बन्धमा निर्णय गर्न दलहरुको पनि धारणा लिनुपर्ने कुराहरु भएको छ । घरेलु कामदारहरुको सम्बन्धमा तीन वटा उपसंसदीय गठन गरिएको छ । आज नै लिखित निर्णय आउँछ । उपसमितिको संयोजक चाँही बैठक बसेर तय गर्ने भएको छ ।’

समितिको शुक्रवारको बैठकले द्विपक्षीय श्रम सम्झौता भएको मुलुक युएईमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ ।