१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा काराेबार शुरू, पहिलाे दिन परिसूचक घट्यो



अ+ अ-

काठमाडौं । लकडाउन पछि पहिलो दिन खुलेको शेयर बजारमा परिसूचक नेप्से घटेको छ । 

कारोबार खुलेपछि करिब एक घण्टासम्म लगातार घटेको नेप्से त्यसपछि भने केही सम्हालिएको थियो । बजार लगातार घट्न थालेपछि लगानीकर्ताले शेयर विक्री गर्न छाडेर माग बढाउँदा बजारमा विस्तारै सुधार देखियो ।

तरपनि सोमबारको बजार बन्द हुँदा सम्म नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घटेर १ हजार १ सय ८८ दशमलव ७ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ०३ अंकले घटेर २ सय ५६ दशमलव २९ अंकमा बन्द भएको छ । दिनभर १ सय ३० कम्पनीको ३४ करोड ७७ लाख रुपैयाँ बराबरको ९ लाख ७० हजार ७६ कित्ता शेयर खरिद विक्री भएको छ ।

सोमबार सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको ३ करोड ४३ लाख रुपैयाँ बढीको भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीको शेयरधनीले कमाएका छन् ।

यी कम्पनीका शेयधनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । यस्तै स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी, आशा लघुवित्त वित्तीय संस्था, इन्फीनिटी लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका शेयरधनीले झण्डै १० प्रतिशतले गुमाएका छन् । जीवन बीमा, उत्पादन तथा प्रशोधन, व्यापार, र अन्य समुहका सूचकहरु बढेका छन् । बैंकिङ, निर्जीवन बीमा, विकास बैंक, वित्त कम्पनी, होटल, जलविद्युत, माइक्रोफाइनान्स, म्युचुअल फण्ड समुहका सूचकहरु भने घटेका छन् ।

सोमबार देखि खुलेको नेप्से बजार लकडाउन अघि परीक्षणमा रहेको एक घण्टा समय घटाएर पुरानै समय अनुसारको व्यवस्था बमोजिम खोलिएको हो । यसअघि लकडाउनकै अवधिमा पनि नेप्से वैशाख ३० र ३१ गते खोलिएको थियो । लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए त्यस दिनको कारोबार बन्द गर्ने गरी कारोबार खुल्ला गरिएको थियो ।

तर दुई दिन नै निर्धारित समय अघि नै नकारात्मक सर्किट लागेर कारोबार भन्द भएपछि तेस्रो दिन देखि फेरि कारोबार बन्द गरिएको थियो ।

त्यसयता अनिश्चित बनेको शेयर बजार असार १५ गते (आज) देखि पुरानै व्यवस्था अनुसार खोलिएको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले लकडाउन भन्दा पहिले जुन अवस्थामा बजार सञ्चालनमा थियो सोही अनुसार नै खोलिएको बताउनुभयो ।

उहाँले लकडाउन भन्दा पहिले परीक्षणको रुपमा राखिएको एक घण्टाको समयलाई हटाएर बिहान ११ बजेदेखि दिउसो ३ बजे सम्म बजार खुला गरिएको बताउनुभयो । लकडाउन अघि परीक्षणको रुपमा एक घण्टा थप गरि दिउसो ४ बजे सम्म बजार सञ्चालन गरिएको थियो ।

सिइओ साउदले सार्वजनिक सवारी सधान नचलेको, बैंक पनि विहान १० बजेदेखि दिउँसो ३ बजे सम्म चलेको र निजी सवारी सधान जोर बिजोर प्रणालीबाट चलाउँदा आवागमनमा पर्ने समस्यालाई ध्यान दिएर परीक्षणको रुपमा राखिएको एक घण्टा हटाइएको बताउनुभयो ।

उहाँले महामारीको स्थिति र कारोबार कसरी अगाडि बढ्छ भन्ने कुरालाई हेरेर मात्रै परीक्षणको रुपमा राखिएको समयलाई जारी गर्ने या नगर्ने निर्णय हुने बताउनुभयो । उहाँले दोस्रो बजार अब कुनैपनि अवस्थामा बन्द नहुने दावी समेत गर्नुभयो । दोस्रो बजारमा प्लेटफर्म उपलब्ध नभएर बजार बन्द हुने अवस्था नआउने उहाँले बताउनुभयो ।

नेपाल स्टक एक्सचेन्जले प्लेटफर्म उपलब्ध गराउने र लगानीकर्ताले शेयर कारोबार पछिको रकम अनलाइन मार्फत सजिलै भुक्तानी गर्न र बैंक खातामा भुक्तानी पाउन सक्ने व्यवस्था भएकाले समस्या नहुने साउदले बताउनुभयो । 




भर्खरै