२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । नेपालमा सोमबार नेपालमा ४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १ सय १३ महिला र ३ सय ६६ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमा महिला १ हजार ५ सय ८६ महिला र ११ हजार ६ सय ६२ जना पुरुष रहेको वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

सरकारले आफ्नो लक्ष्य अनुसार परीक्षणको दायरा बढाउन सकेको छैन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट हरेक दिन १० हजारको पीसीआर परीक्षण गर्ने सार्वजनिक अभिव्यक्ति दिएपनि सो परिणाममा परीक्षणको संख्या बढ्न नसकेको हो । यद्यपी सोमबार विगत दिनभन्दा सबैभन्दा बढी ७ हजार ७ सय ९१ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६ सय ३० जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ हजार ८ सय २२ जनाको गरी आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ५७ हजार ३ सय ६८ जना रहेका छन् ।

देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा १० हजार ८५ जना संक्रमित उपचाररत रहेका छन् । सोमबार १३ महिला र १ सय ८ पुरुष गरी १ सय २१ जना संक्रमित निको भएर डिस्र्चाज भएका छन् । आजसम्म २ सय ६६ महिला र २ हजार ८ सय ६६ पुरुष गरी ३ हजार १ सय ३४ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

मन्त्रालयले काठमाडौं उपत्यका लगायत घनाबस्तीहरुमा कोरोनाको जोखिम बढिरहेको उल्लेख गर्दै सामाजिक दुरी कायम गर्दै अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ । अहिले सडकहरुमा हिडडुल गर्नेहरुको भिड बढेको, विवाह व्रतबन्धहरुमा भोज भतेर गरेर भिडभाड भएको कुराहरु देखन थालेको प्रति मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । कोरोना संक्रमणको जोखिम कम भएजस्तै गरी भइरहेको प्रति मन्त्रालयले गम्भिर चिन्ता व्यक्त गरेको छ ।