२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस चितवनको ‘सात पालिका, सात वाटिका’ कार्यक्रम



अ+ अ-

चितवन। नेपाली कांग्रेस चितवनले ‘सात पालिका सात वाटिका’ कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा स्वर्गीय शैलजा आचार्यको नामबाट उद्यान बनाउने भएको छ ।

आचार्यको १६औँ स्मृति दिवसका अवसरमा पार्टीले इच्छाकामना गाउँपालिकालाई आज पत्र बुझाउँदै उद्यान निर्माणका लागि सार्वजनिक जग्गा माग गरेको छ । जिल्ला सभापति राजेश्वर खनालसहित जिल्ला नेतृत्वले गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङलाई भेट गरी जग्गा माग गरेको हो । सो अवसरमा गुरुङले सम्भाव्यता अध्ययन गरी पार्टीलाई जग्गा उपलब्ध गराउने आश्वासन दिनु भएको सभापति खनालले जानकारी दिनुभयो ।

जग्गा प्राप्तिसँगै पार्टीका नेता कार्यकर्ताहरुले श्रमदान गरी स्व आचार्यको नाममा उद्यान निर्माण गर्ने छन् । यसअघि पार्टीले गत असोज २ गते माडी नगरपालिका–५ मा गणेशमान सिंह स्मृति उद्यान निर्माणको थालनी गरेको थियो । नेपाली कांग्रेस चितवनले विसं २०८० भदौ २४ गते जिल्ला सम्मेलनका क्रममा जिल्लाका सात पालिकामा लोकतन्त्रमा योगदान पु¥याएका पार्टीका शीर्ष नेताहरुको नाउँमा वाटिका निर्माण गर्ने निर्णय गरेअनुसार वाटिका निर्माण थालिएको हो ।

भरतपुरमा यसअघि नै रहेको वीपी शान्ति नगर वनलाई व्यवस्थित गर्ने, राप्तीमा गिरिजाप्रसाद कोइराला स्मृति उद्यान बनाउने, खैरहनीमा शुवर्ण शम्शेर, रत्ननगरमा सुशील कोइराला र कालिका नगरपालिकामा कृष्णप्रसाद भट्टराई स्मृति उद्यान निर्माण गर्न लागिएको सभापति खनालले जानकारी दिनुभयो ।

यस वर्ष माडी, इच्छाकामना र कालिका नगरपालिकामा पार्क बनाइँदै छ भने आउँदो वर्ष खैरहनी, रत्ननगर र राप्तीमा पार्क निर्माण गर्ने योजना रहेको सभापति खनालले बताउनुभयो ।

निर्माण गरिएका पार्कहरुको व्यवस्थापन पार्टीले निर्माण गरेको सामाजिक संस्था सान्दाजु स्मृति प्रतिष्ठानले गर्नेछ । सामाजिक क्षेत्रमा काम गर्दा पार्टीभन्दा सामाजिक संस्थामार्फत गर्न उपयुक्त हुने भएकाले सोहीअनुसार काम गर्न लागिएको हो । रासस