३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरोध गर्नुको औचित्य छैन, केही राजनीतिक दलहरु षड्यन्त्र गर्न लागेका छन्ः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संसद अवरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही समय यता संसद अवरोध रहेको र संसदको अवरोध गर्नुपर्ने कुनै कारण र अर्थ नरहेको जिकिर गर्नुभयो । उहाँले केही प्रतिपक्षी दलहरुले नियोजित रुपमा षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राखेर लागि परेको बताउनु भयो । अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित रहेको बताउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘केही समयदेखि संसद अवरोध भएको छ । यो संसदको अवरोध गर्नुपर्ने कुनै कारण छैन । कुनै अर्थ छैन । कुनै औचित्य छैन । संसदको अवरोधका पछाडि सबै प्रतिपक्ष दललाई म दोष दिन्न तर प्रतिपक्षमा रहेका केही मानिसहरु नियोजित ढंगले, राजनीतिक षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राख्ने काम भएको छ । यो अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित छ । यसका पछि कुनै अर्थ र औचित्य छैन । यो अवरोध चाँडै हट्नुपर्छ ।’

गृहमन्त्री लेखकले संसदको अवरोध चाँडै हट्नुपर्ने बताउनु भयो ।