१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

मूल्य घटेपछि मकै उत्पादक किसान चिन्तित

मूल्य घटेपछि मकै उत्पादक किसान चिन्तित
अ अ+ अ-

सर्लाही ।  जिल्लाका किसानहरु लगाएको मकैको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन । आफूले लगाएको मकैमा फौजी किराको सङ्क्रमणसँगै हावाहुरी र असिनापानीबाट बचेको मकैको मूल्य नपाउँदा किसानहरु थप मारमा परका हुन् । सबै समस्याका बीच उत्पादन गरेको मकैको उचित मूल्य नपाउँदा थप मारमा परेको लालबन्दी नगरपालिका–१७ का किसान रमेश अधिकारीले गुनासो गर्नुभयो । विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लागु गरिएको बन्दाबन्दीले सवारी साधन सञ्चालनमा नआउँदा कृषिजन्य उत्पादनको मूल्य लगातार ओरालो लागेपछि किसानहरु चिन्तित बनेका छन् ।

गत वर्षको तुलनामा मकै उत्पादनमा लागत बढी लागेको तर मकैको बिक्री मूल्य भने गत वर्षको भन्दा दुई गुणाभन्दा बढीले घटेपछि लागतसम्म भए पनि कसरी उठाउने भन्ने चिन्ताले किसान पिरोलिन थालेका हुन् । बागमती नगरपालिका–८ शङ्करपुरका किसान भीमबहादुर कोइरालाले यस वर्ष एक हेक्टर क्षेत्रफलमा मकै लगउनुभएको थियो । उहाँका अनुसार मकै उत्पादनमा मलखाद तथा फौजी किरा नियन्त्रणका लागि थप कीटनाशक औषधिसमेत प्रयोग गर्नुपर्दा उत्पादन लागत बढ्यो तर जारी बन्दाबन्दीका कारण सवारी साधन सञ्चालन नहुँदा बिक्री मूल्य घटेको हो ।

“अब त मकै खेती गर्नुुभन्दा पनि जुवा खेल खेले झैँ लाग्छ”, लालबन्दी नगरपालिका– १५ का किसान राजकुमार खत्रीले भन्नुभयो, “कहिले आउँछ, कहिले सबै जान्छ, कुनै टुङ्गो छैन ।” गत वर्ष रु तीन हजार ५०० देखि चार हजार क्विन्टलका दरले मकै विक्री गर्नुभएका उहाँले यसपटक प्रतिक्विन्टल रु एक हजार ७०० देखि दुई हजार एक सयले बिक्री गर्नुपरेको बताउनुभयो । 

मकैमा दाना लाग्ने समयमा एकाएक मौसम बिग्रिएर हावाहुरीले मकैबालीमा नोक्सान पुरÞ्याएका कारण उत्पादन समेत घटेको लालबन्दी नगरपालिका–१३ का किसान रामवीर तामाङले गुनासो गर्नुभयो । हावाहुरी र असिना पानीका साथै फौजी किराको सङ्क्रमणका कारण मकै उत्पादन एकतिहाइले घटेको किसानहरुको भनाइ छ । चार क्विन्टलसम्म कट्ठाको मकै फल्ने खेतमा यस वर्ष तीन क्विन्टल मात्र फलेको कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त कार्यालय प्रमुख देवानन्द राय यादवले बताउनुभयो । मकैको सर्मथन मूल्य आफुलाई जानकारी नभएको तर प्रतिकठ्ठा मकै उत्पादन गर्न रु तीन हजार ५०० देखि चार हजारसम्म लागत लाग्ने गरेको ज्ञान केन्द्रका निमित्त प्रमुख यादवले बताउनुभयो । मुल बिउ बजारमा प्रतिकिलो रु ८० मा पाइने गरेको किसानहरुले बताएका छन । मलखाद, विषादी, जन खर्चलगायत गरी रु तीन हजार ५०० देखि चार हजारसम्म लागत लाग्ने गरेको किसानहरुको भनाइ छ ।

“सरकारले अन्य केही कृषि उपजको उत्पादन लागतलाई लिएर समर्थन मूल्य तोक्ने गरेको भए पनि मकैको समर्थन मूल्य नतोकेर राज्यले किसानलाई उपेक्षा गरेको छ”, अर्का किसान जङ्गबहादुर महतोले भन्नुभयो । राज्यले सामान्य समर्थन मूल्यसमेत नतोक्दा मकै खेती जुवा खेलेजस्तो बनेको उहाँको भनाइ छ । जिल्लाका किसानले ‘हाइब्रिड’ जातको मकैखेती गरी वर्षमा तीन बालीसम्म भित्र्याउने गरेका छन् । बाह्र हजार हेक्टर क्षेत्रफलमा ६३ हजार ६०० मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेकोमा पछिल्लो समयमा विभिन्न कारणले मकै उत्पादन घटेको ज्ञान केन्द्रका निमित्त प्रमुख यावदले बताउनुभयो ।