२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेन र उपमेयर सुनिताबिच भेटवार्ता, कार्यपालिका बैठक र नगरसभा राख्ने तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल बीच भेटवार्ता भएको छ ।

बुधबार उपमेयर सुनीता र तीन वडाअध्यक्षसँग बालेनले गोप्य छलफल गरेका हुन् । छलफलमा कार्यपालिका बैठक र नगरसभा बोलाउने सहमती भएको छ ।

छलफलमा महानगरका प्रवक्तासमेत रहेका कांग्रेसबाट निर्वाचित १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धर एमालेबाट निर्वाचित ३२ नम्बरका वडाध्यक्ष नवराज पराजुली र नेकपा एसबाट निर्वाचित १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोलको सहभागिता रहेको स्रोतले जनायो ।

बैठकमा बालेनले मिलेर अगाडि बढ्ने र चाँडै कार्यपालिका बैठक र नगरसभा बोलाउन सहमत भएको एक सहभागीले बताए ।

काठमाडौं महानगर कार्यपालिकाको बैठक अन्तिम पटक पुस १४ गते बसेको थियो । त्यसपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा विवाद भएपछि मेयर बालेनले बैठक बोलाएका थिएनन् ।