२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेन र उपमेयर सुनिताबिच भेटवार्ता, कार्यपालिका बैठक र नगरसभा राख्ने तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल बीच भेटवार्ता भएको छ ।

बुधबार उपमेयर सुनीता र तीन वडाअध्यक्षसँग बालेनले गोप्य छलफल गरेका हुन् । छलफलमा कार्यपालिका बैठक र नगरसभा बोलाउने सहमती भएको छ ।

छलफलमा महानगरका प्रवक्तासमेत रहेका कांग्रेसबाट निर्वाचित १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धर एमालेबाट निर्वाचित ३२ नम्बरका वडाध्यक्ष नवराज पराजुली र नेकपा एसबाट निर्वाचित १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोलको सहभागिता रहेको स्रोतले जनायो ।

बैठकमा बालेनले मिलेर अगाडि बढ्ने र चाँडै कार्यपालिका बैठक र नगरसभा बोलाउन सहमत भएको एक सहभागीले बताए ।

काठमाडौं महानगर कार्यपालिकाको बैठक अन्तिम पटक पुस १४ गते बसेको थियो । त्यसपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा विवाद भएपछि मेयर बालेनले बैठक बोलाएका थिएनन् ।

 




भर्खरै