२९ जेष्ठ २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियु महाधिवेशनः उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

कीर्तिपुरमा जारी महाधिवेशनमा हिजो राति उम्मेदवार दर्ता भएको थियो । दर्ता भएका नामावलीको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।

नामावली प्रकाशनमा ढिलाइ भएसँगै निर्वाचन तालिका प्रभावित बनेको छ । आज बिहान १० बजेबाट मतदान हुने तय भएको थियो ।

सार्वजनिक सूचीअनुसार अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेल भिड्ने भएका छ्न् ।

यस्तै, खुल्ला उपाध्यक्षमा ई. विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी (लिपुलेक), धर्मेन्द्र केसी, गणेशबहादुर शाही र महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना शिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईले उम्मेदवारी दिएका छन् ।

महासचिवमा दिपक धामी, आर के रोमस र सुनिल कँडेलको उम्मेदवारी परेको छ भने प्रेमिका शाही, कमल जोशी, अमरबहादुर शाहीले उपमहासचिवमा उम्मेदवारी दिएका छन् ।

यस्तो छ सूचीः