३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह समारोहमा सहभागी ९५ जन्तीमा कोरोना संक्रमण : बेहुलाको मृत्यु !



अ+ अ-

काठमाडौं। नेपालको सीमावर्ती क्षेत्र भारत बिहारको राजधानी पटनामा विवाह समारोहमा सहभागी भएका ९५ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाकै कारण बेहुलाले ज्यान गुमाए, संक्रमित जन्तीमध्ये केहीको अवस्था गम्भीर छ ।

पालीगञ्ज गाउँमा जुन १५ मा आयोजित एक विवाह समारोहमा सहभागी भएका ९५ जनामा सोमबार कोरोना देखियो । संक्रमित दुलाहाको मृत्यु भएको छ । सफ्टवेयर इन्जिनियर रहेका ३० वर्षीय दुलाहा मे १२ तारेखमा विवाहका लागि सहरबाट गाउँ पुगेका   इण्डिया टुडेले जनाएको छ ।  

सहरबाट गाउँ आएका ती दुलाहा क्वारेन्टाइनमा बसेनन् । विवाहपछि उनमा कोरोनाको लक्षण देखियो । विवाहको दुई दिनपछि नै उनको एम्स अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो । शवबाट निकालिएको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भयो ।

दुई दिनमा ९५ जना जन्तीको रिपोर्ट पोजेटिभ आएको छ । दुलहीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।