२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह समारोहमा सहभागी ९५ जन्तीमा कोरोना संक्रमण : बेहुलाको मृत्यु !



अ+ अ-

काठमाडौं। नेपालको सीमावर्ती क्षेत्र भारत बिहारको राजधानी पटनामा विवाह समारोहमा सहभागी भएका ९५ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाकै कारण बेहुलाले ज्यान गुमाए, संक्रमित जन्तीमध्ये केहीको अवस्था गम्भीर छ ।

पालीगञ्ज गाउँमा जुन १५ मा आयोजित एक विवाह समारोहमा सहभागी भएका ९५ जनामा सोमबार कोरोना देखियो । संक्रमित दुलाहाको मृत्यु भएको छ । सफ्टवेयर इन्जिनियर रहेका ३० वर्षीय दुलाहा मे १२ तारेखमा विवाहका लागि सहरबाट गाउँ पुगेका   इण्डिया टुडेले जनाएको छ ।  

सहरबाट गाउँ आएका ती दुलाहा क्वारेन्टाइनमा बसेनन् । विवाहपछि उनमा कोरोनाको लक्षण देखियो । विवाहको दुई दिनपछि नै उनको एम्स अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो । शवबाट निकालिएको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भयो ।

दुई दिनमा ९५ जना जन्तीको रिपोर्ट पोजेटिभ आएको छ । दुलहीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।