११ श्रावण २०८३, सोमबार
,
Latest
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा राख्न सर्वोच्चको आदेश नारायणी अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमणप्रति मन्त्रालयको शून्य सहनशीलता काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले अवरोध गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिन समिति बनाउन माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि बैठक चल्न नदिएका हुन् ।

अब अर्को बैठक भोलि ३ बजे बस्ने भएको छ । सभामुख देवराज घिमिरेले बैठक सुरु गर्नेबित्तिकै प्रतिपक्षीहरूले उठेर विरोध जनाए ।

त्यसपछि पनि अवरोध जारी भएपछि सभामुख घिमिरेले भने ‘अब अर्को बैठक जेठ २९ गते बिहिबार दिनको ३ बजे बस्नेगरी स्थगित हुन्छ ।’