५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षी दलको बैठक जारी



fille
अ+ अ-

काठमाडौँ । प्रतिपक्षी दलको बैठक बसिरहेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिपक्षी दलहरुबीच केहीबेर अघिदेखि छलफल सुरू भएको हो ।

छलफलमा नेकपा (माओवादी केन्द्र), राप्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का नेताहरू सहभागी छन् ।

बैठकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, छानबिन समिति गठनको माग गर्दै प्रतीपक्षले लामो समयदेखि प्रतिनिधि सभा बैठक चल्न दिएका छैनन् ।

संसदको अवरोध खुलाउनका लागि रास्वपाले पाँच बुँदासहितको प्रस्ताव तयार पारेको छ । सोही प्रस्तावबारे साझा धारणा बनाउन प्रतिपक्षी दलहरुको बैठक बसिरहेको बुझिएको छ ।

प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।