५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित



अ+ अ-

धनुषा, २७ जेठः मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस् भनि प्रस्ताव पेस गर्नुभएको थियो ।

नीति तथा कार्यक्रममाथि प्रदेशसभामा दुई दिन छलफल भएको थियो । यसअघि मुख्यमन्त्री सिंहले छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाउनुभएका प्रश्नको जवाफ दिनुभएको थियो ।

सभामुख रामचन्द्र मण्डलले ध्वनि मतको आधारमा पारित गर्न बैठकमा निर्णयार्थ प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावको विपक्षमा कुनै सदस्यले पनि मत जाहेर नगरेपछि उहाँले सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो ।

यसअघि प्रदेशसभामा चार जना प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराएका थिए । सभामुख मण्डलले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गर्दा फिर्ता नलिएपछि निर्णयार्थ प्रस्तुत गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो । रासस