११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरघरमा शुद्ध खानेपानी पुर्याउन सरकार प्रतिबद्ध छः मन्त्री यादव



अ+ अ-

झापा। खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल खानेपानी संस्थानमा यहाँको भद्रपुरस्थित पृथ्वीनगर खानेपानी आयोजनाको स्वामित्व हस्तान्तरण समारोहमा आज उहाँले चापाकल विस्थापित गर्दै डिप बोरिङमार्फत आमनागरिकलाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्ने योजना बनाइएको जानकारी दिनुभयो ।

मन्त्री यादवले स्वामित्व हस्तान्तरणसँगै भद्रपुरका जनतालाई छिट्टै शुद्ध खानेपानीको व्यवस्था मिलाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले देशभर सतप्रतिशत आधारभूत खानेपानी र ३७ प्रतिशत शुद्ध खानेपानीको पहुँच पुगेको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि आयोजना नरोकिने स्पष्ट पार्नुभयो ।

पृथ्वीनगर खानेपानी आयोजनाका सचिव पृथ्वीनारायण कार्कीले खानेपानीमा आइरनको मात्रा धेरै देखिएका कारण  योजना दुई वर्ष सञ्चालनमा आएर विगत ३० वर्षदेखि बन्द रहेको बताउनुभयो । उहाँले खानेपानी संस्थानमा  स्वामित्व हस्तान्तरण गरेसँगै यहाँका जनताले शुद्ध खानेपानी पाउने विश्वास व्यक्त गर्नुभयो ।

संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले आयोजनाबाट भद्रपुर नगरपालिका–१, २ र ३ का तीन हजार ५०० घरपरिवार लाभान्वित हुने जानकारी दिनुभयो । उहाँले मन्त्रालयको उद्देश्य एक घर एक धारामा शुद्ध खानेपानी पु¥याउने रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।  रस