११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

निश्चल र उमेश सम्मानित



अ+ अ-

काठमाडौं। मार्सल आर्ट्स अर्गनाइजेसन नेपालले अन्तर्राष्ट्रिय पदक विजेता निश्चल तामाङ र उमेश महर्जनलाई मंगलबार नगदसहित सम्मान गरेको छ ।

मार्सल आर्ट अर्गनाइजेसन नेपालको निमन्त्रणमा सेल्फ डिफेन्स प्रशिक्षण दिन नेपाल आएका जर्मनीका प्रशिक्षक ग्रान्ड मास्टर हान्स होहन, मास्टर जोर्ग टिम र क्याथ्रिना श्रेङको बिदाइ कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डगोंल र एनआरएनएका सल्लाहकार डा. देवकाजी डगोलले दुवैलाई जनही १ सय अमेरिकी डलर र प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।

निश्चलले सिकिम्मा भएको उसु प्रो फाईटमा स्वर्ण जितेका थिए । उमेशले इन्डोनेसियामा भएको भोभीनाम च्याम्पियनसिपमा कांस्य पदक हात पारेका थिए । सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद्बाट उमेर हदका कारण हालै अनिवार्य अवकाश पाएका उसु प्रशिक्षक रामगोपाल महर्जनलाई पनि कदरपत्रसहित सम्मान गरिएको थियो ।

एक साता नेपाल बसाइ क्रममा जर्मनीका प्रशिक्षकले नेपालका विभिन्न उसु क्वानमा सञ्चालन गरेको सेल्फ डिफेन्स प्रशिक्षणमा करिब १ सय ६५ प्रशिक्षार्थीले सहभागिता जनाएको मार्सल आर्ट्स आर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले जनाएका छन् ।

जर्मनीका प्रशिक्षक हान्सले आफूले अनुगमन र प्रशिक्षण गराएको  उसु र कुङ –फु क्वानका रमेश सुवाल (बाल विकास स्कुल), निराजन आले मगर (निन्जा उसु क्वान), विशाल सिन्जाली (बुद्ध प्रकाश तथा इष्टपोल उसु क्वान), सुकमान लामा (बुढानिलकण्ठ कुङ–फु क्वान), राजु नेपाली (स्वयम्भू कुङ–फु क्वान), विश्वनाथ पाठक (बागमती प्रदेश उसु प्रशिक्षक, हेटौंडा) र राम बम्जन (क्योकुसिन कराते प्रशिक्षक) प्रशिक्षकलाई क्लबको लागो अंकित मायाको चिनो प्रदान गरेका थिए ।