४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन प्रवर्द्धनका लागि रणनीतिक ब्रान्डिङ आवश्यक छ : सांसद झा



काठमाडौँ, २७ जेठः मङ्गलबार गणतन्त्र दिवसका अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक फोटो प्रदर्शनी अवलोकन गर्नुहुँदै रास्वपाका सांसद मनिष झा । तस्बिरः नवीन पौडेल÷रासस
अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनका लागि रणनीतिक ‘ब्रान्डिङ’ को आवश्यकता औँल्याउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकन गर्दै उहाँले प्रदर्शनी मनोरञ्जनात्मक, सन्देशमूलक र  देश चिन्ने अवसर भएको प्रतिक्रिया समेत दिनुभयो ।

“हामीलाई ‘स्ट्राटेजिक ब्रान्डिङ’ चाहिएको छ । देशलाई  अस्तित्वको परिभाषा चाहिएको छ, प्रकृति परिभाषा हो, हाम्रो परिभाषालाई विश्वसामु प्रवर्द्धन गर्नुपर्छ । प्रवर्द्धनको एउटा पाटो यो फोटो प्रदर्शनी पनि हो”, उहाँले भन्नुभयो ।

सांसद झाले पर्वतीय भूभागलाई सदुपयोग गर्दै आर्थिक उपार्जन गर्नका लागि ती क्षेत्रहरुमा भौतिक संरचनाको निर्माणमा समेत जोड दिनुभयो । उहाँले यी क्षेत्रहरूको संरक्षण गर्दै बजारीकरण गर्न सक्नुपर्ने बताउनुभयो ।

“भौतिक संरचना नबनाएसम्म बजारीकरण गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो, “प्रकृतिले पनि कति थेग्छ भन्ने  क्षमता हुन्छ । त्यसलाई मध्यनजर गर्दै भौतिक संरचना बनाएर त्यसबाट आर्थिक रूपमा लाभ लिन सक्नुपर्छ ।”

यसैबीच रास्वपाका सांसद एवं नेत्री लक्ष्मी तिवारीले पनि राससद्वारा आयोजित यस प्रदर्शनीको अवलोकन गर्नुभयो । उहाँले प्रदर्शनी सान्दर्भिक र भौगोलिक रूपमा समावेशी रहेको बताउनुभयो । रासस