५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्रद्वारा जुम्लामा सिंचाई पोखरीको उद्घाटन



अ+ अ-

जुम्ला । जुम्लामा पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिंचाई पोखरीको उद्घाटन गर्नुभएको छ ।

रोजि राणा—प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिंचाई पोखरीबाट सयौं हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने बताइएको छ ।

यस पोखरीको निर्माणले जुम्लाका किसानलाई स्याउ, आलु र मार्सी धानजस्ता बाली उत्पादनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । जुम्लाका सांसद ज्ञानबहादुर शाहीले यस सिंचाई आयोजनाले स्थानीय कृषि उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । समुन्द्री सतहबाट २ हजार ३ सय मिटरभन्दा माथि अवस्थित जुम्ला आफ्नो अद्वितीय हावापानीका कारण विशेष कृषि उत्पादनका लागि परिचित छ ।

जुम्लाको मार्सी धान नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि उच्च मागमा छ ।




भर्खरै