३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गरौँः उपसभापति खड्का



अ+ अ-

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । समितिमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल जारी छ ।

छलफलमा भाग लिँदै उपसभापति खड्काले सरकारले समितिमा ल्याएको नागरिकता सम्बन्धी विधेयकले के विषयलाई समेट्न खोजेको हो ? त्यो विषय स्पष्ट पारेर छिटो पारित गर्नुपर्ने बताउनु भयो । तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर बढी जोड दिनुपर्ने बताउनु भयो । संवेदनशीलताको नाममा सदैव जटिलतामा नागरिकलाई पारिरहने काम गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो ऐनबाट सरकारले जे कुरा एड्रेस गर्न ल्याएको हो, त्यसरी नै टुंग्याइदिउँ । ऐन बनाउँदै जाँदा, काम गर्दै जाँदा ऐनले तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर हामीले जोड दिन जरुरी छ । त्यो भएन भने भावना हामी राख्दै गर्ने, तत्काल निर्णय गर्नसक्ने कुराहरु पनि ल्याएर जोडेर एकै चोटी सबै गर्छौं भन्दा केही पनि नहुने हुन्छ । हामी उदार पनि बनौँ, संवेदनशीलतालाई असर पर्नेगरी पनि नजाऔँ । संवेदनशीलताको नाममा सदैव जटिलतामा हामी घुमिरहने, नागरिकले सधैँ दुःख पाइरहने काम गर्नु हुँदैन । कहीँ न कहीँ ब्रेक थ्रु गर्नुपर्छ ।’

उपसभापति खड्काले एनआरएनएका लागि पनि नागरिकता सम्बन्धी विधेयक छिटो ल्याउन आग्रह गर्नुभयो ।