२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसद छन्त्यालको आज पशुपति आर्यघाटमा अन्त्येष्टि हुने



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको आज दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि हुने भएको छ । उनको आजै बिहान निधन भएको थियो । बागलुंग जिल्लाको तमानखोला गाउँपालिका वडा नम्वर, ५ खुंखानीमा जन्मभइ बाग्लुड जिल्सा क्षेत्र नं २ नेपाली कॉग्रेस पार्टीको तर्फबाट २०७० सालको संबिधान सभा निर्बाचनमा निर्बाचित सभासद तथा हाल समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको ६६ बर्षको उनेरमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

उहाँ गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, बाँसबारीमा उपचाररत रहेका बखत आज बिहान निधन भएको हो ।  उहाँको असमायिक निधनले नेपाली कांग्रेस पार्टी बागलुड र सिंगो नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको नेपाली काँग्रेस बागलुंगका नेता द्रोण कुँवरले बताएका छन् ।

नेता कुँवरले सांसद छन्त्यालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् । त्यसैगरी नेपाली काँग्रेस बागलुंगका नेता तथा कार्यकर्ताहरुले पनि उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता कुँवरसहित जिल्लाका काँग्रेसका नेता तथा कार्यकर्ताहरुले यस दुःखद घडीमा परिवारजनमा पर्न गएको अपुरणीय क्षतीप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।