२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता होइनः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता नभएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन र विशेष प्रकाशन सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अध्यादेशका मार्फतबाट कानूनहरु संशोधन गर्दा पनि सरकारले आर्थिक सुधारको अन्तिम किस्ता अध्यादेश नभएको बताइएको र बजेट पनि अर्थतन्त्र सुधारको अन्तिम किस्ता नरहेको जिकिर गर्नुभयो । उहाँले आर्थिक सुधारको अर्को चरणको रुपमा बजेट आएको उल्लेख गर्नुभयो । अर्थमन्त्री पौडेलले सुधारको श्रृंखलाको अन्तिम कडी बजेट नभएको बताउँदै सुधारका अरु आवश्यक कदमहरु चाल्दै जाने बताउनु भयो । नेपालमा स्वदेशी र विदेशी लगानीको मात्रा र दायरा नबढेसम्म, उत्पादन उत्पादकत्व वृद्धि नभएसम्म, देशभित्र रोजगारी सिर्जना हुने र हरेक नेपालीले आफ्नो भविष्य देशभित्र देख्ने स्थिति सिर्जना नभएसम्म र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण नभएसम्म एवं नागरिकलाई सुखी जीवनको प्रत्याभुति दिन नसकेसम्म सुधारको श्रृंखला जारी रहने जिकिर गर्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘यो बजेट पनि आर्थिक सुधारको अन्तिम किस्ता होइन । जसरी हामी भनिरहेका थियौँ, अध्यादेशका मार्फतबाट कानूनहरु संशोधन गरियो, यो आर्थिक सुधारको अन्तिम किस्ता होइन भनेर जसरी हामी भनिरहेका थियौँ । आर्थिक सुधारको अर्को स्टेपका रुपमा बजेट आएको छ । यस्तै गरी म फेरि पनि राख्न चाहन्छु, सुधारको श्रृंखलाको अन्तिम कडी बजेट होइन । हामी सुधारका अरु आवश्यक कदमहरु चाल्दै जान्छौँ । तबसम्म चाल्छौँ जबसम्म साँच्चि नै नेपालमा स्वदेशी र विदेशी लगानीको मात्रा र दायरा बढ्दैन, जबसम्म उत्पादन उत्पादकत्व वृद्धि हुँदैन, जबसम्म देशभित्र रोजगारी सिर्जना हुने, देशभित्र भविष्य खोज्ने हरेक नेपालीले आफ्नो भविष्य देशभित्र देख्ने स्थिति सिर्जना हुँदैन, जबसम्म सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण हुन सक्दैन, जबसम्म नागरिकलाई सुखी जीवनको प्रत्याभुति गर्न सक्दैनौँ तबसम्म सुधारको श्रृंखला जारी रहन्छ । एकपछि अर्का सुधारका कामहरु गर्दै जान्छौँ ।’

उपप्रधानमन्त्री पौडेलले बजेटसँग निजी क्षेत्रहरुले उत्साहका साथ प्रतिक्रिया दिनुभएको बताउँदै त्यसप्रति सम्मान व्यक्त गर्नुभयो । उहाँले बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक सहयोग र सुझाव दिन आग्रह गर्नुभयो ।