३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ



अ+ अ-

काठमाडौँ। वैदेशिक रोजगारमा युके पठाइदिने भन्दै ११ करोड ६ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ रतुवामाई नपा-१० घर भई हाल काठमाडौँ महानगरपालिका–६, सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली, सबेला नपा-१२, धनुषा घर भई हाल काठमाडौँ महानगरपालिका–३२, नरेफाँट बस्ने ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।

महेश लिम्बुको जाहेरीका आधारमा वादी नेपाल सरकार रहेको वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँले काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गरिदिने भन्दै पत्र पठाएको थियो। पत्र प्राप्तपछि उक्त कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई आइतबार काठमाबाट पक्राउ गरेको हो।

पक्राउपछि उनीहरूलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीको लागि सोमबार वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए।

हालसम्मको अनुसन्धानमा उनीहरूले ३८ जना पीडितलाई “युकेमा रोजगारीमा पठाइदिन्छौं” भन्दै आकर्षक प्रस्ताव राखी विश्वासमा पारेर ११,०६,९७,००० (एघार करोड छ लाख सन्तानब्बे हजार) ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।