५ असार २०८२, बिहीबार
,
Latest
‘ओ एन्ड एम’मा अस्पताल व्यवस्थापक नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित उपसभामुखको पत्र र भिजिट भिषा प्रकरण एउटै होइनः रास्वपा सांसद झा भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साँठगाँठ गरेका छैनौँः उपमहासचिव पुन अत्याचार बढ्दै गए सरकारको बारेमा सोच्नुपर्छः सांसद गिरी भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले उठाएको माग अनावश्यकः प्रमुख सचेतक घिमिरे निजामति ऐनबारे जसपा नेपालका सांसद अधिकारीको प्रतिक्रियाः सरकारले कानून बनाउने भए संसद किन चाहियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ



अ+ अ-

काठमाडौँ। वैदेशिक रोजगारमा युके पठाइदिने भन्दै ११ करोड ६ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ रतुवामाई नपा-१० घर भई हाल काठमाडौँ महानगरपालिका–६, सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली, सबेला नपा-१२, धनुषा घर भई हाल काठमाडौँ महानगरपालिका–३२, नरेफाँट बस्ने ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।

महेश लिम्बुको जाहेरीका आधारमा वादी नेपाल सरकार रहेको वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँले काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गरिदिने भन्दै पत्र पठाएको थियो। पत्र प्राप्तपछि उक्त कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई आइतबार काठमाबाट पक्राउ गरेको हो।

पक्राउपछि उनीहरूलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीको लागि सोमबार वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए।

हालसम्मको अनुसन्धानमा उनीहरूले ३८ जना पीडितलाई “युकेमा रोजगारीमा पठाइदिन्छौं” भन्दै आकर्षक प्रस्ताव राखी विश्वासमा पारेर ११,०६,९७,००० (एघार करोड छ लाख सन्तानब्बे हजार) ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।